© २०२३
औद्योगिक क्षेत्रमा दक्ष जनशत्तिको अभाव भइरहेको अवस्थामा प्राबिधिक शिक्षा तथा व्यवसायीक तालीम परिषदले औद्योगिक क्षेत्रलाई लक्ष्यित गरी २ बर्षे औद्योगिक प्रशिक्षण चलाउने भएको छ ।परिषदले दीगो तथा सम्मनित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बुटवल, नेपालगञ्ज, काठमाण्डौ र बिराटनगरमा २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रम अन्र्तगत मेकानिकल इञ्जिनीयरिगं बिषयको नै पढाई गर्ने भएको हो ।
एसएलसी वा एसईई पास गरेका बिद्यार्थीहरुलाई यो बिषय पढाउन परिषदले बुटवल र नेपालगञ्जमा आवेदन फारम भर्न सुरु गरेको छ । बुटवलमा कोरीया नेपाल इष्टिच्युट अफ टेक्नोलोजी र नेपालगञ्जमा भेरी प्राबिधिक शिक्षालयले बिद्यार्थी भर्नाका लागि सुचना समेत प्रकाशित गरीसकेका छन । निशुल्क रुपमा पढन पाइने र पढदा समेत उद्योग प्रतिष्ठानमा काम गरी रोजगार बन्न सकिने औद्योगिक प्रशिक्षण अन्र्तगतको मेकानिकल इञ्जिनीयरिगंका लागि यही साउन १३ गतेसम्म आवेदन बुझाउन सकिने कोरीया नेपाल इष्टिच्युट अफ टेक्नोलोजी बुटवलका प्रमुख अरबिन्द्र कुमार चौधरीले जानकारी दिए । उनले बिद्यार्थीहरुलाई सुरुका ४ महिना पढाई हुने र त्यसपछी अन्तिम एक महिना बाहेक पुरै अवधि उद्योग प्रतिष्ठानमा व्यवहारीक सीप सिकाइने र त्यसवापत छुट्टै पारिश्रमिक पाउने बताए ।
व्यवहारीक सिकाई र कामका लागि रुपन्देृहीका बिभिन्न उद्योगहरुमा पत्राचार भएको र धेरै उद्योगीहरुले समर्थन जनाईसकेको सहायक प्राचार्य लाल बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार औद्योगिक प्रशिक्षण कार्यक्रम अन्र्तगत मेकानिकल इञ्जिनीयरिगं बिषयका लागि अहिलेसम्म ५० जनाले फर्म दर्ता गरेका छन । फर्म दर्ता गरेकाहरुबाट परीक्षा लिई ४० जना छनौट गरीने छ । युवाहरु बैदेशिक रोजगारमा आकर्षित भइरहेको र उद्योगमा दक्ष जनशक्ति अभाव भइरहेको अवस्थामा औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति तयार गर्न बिशेष पढाई हुनु स्वागतयोग्य भएको उद्योगिहरुले बताएका छन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले कार्यक्रम राम्रो भएपनि ४० जनाको कोटा अत्यन्त न्युन भएको बताए । प्रतिष्ठानले सबै टेक्निकल कलेजहरुमा औद्योगीक जनशक्ति तयार हुने खालका पढाई गराउन आवश्यक पहल र वातावरण गराउनुपर्ने बताए ।रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले पनि यस्तो पढाईलाई अझै बिशिष्टिकृत र व्यापक गर्नुपर्ने बताए । उनले मेकानिकल इञ्जिनियरिगं पढन उद्योगले सबै सुबिधा दिने तर प्रमाणपत्र प्राप्त गरेपछी बैदेशिक रोजगारमा जाने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।ब्ुटवलको तामनगरमा रहेको कोरीया नेपाल इष्टिच्युट अफ टेक्नोलोजीले अटो मोवाइल, इलेक्टिक एण्ड इलेक्टोनिक्स, मेकानिकल र रेफ्रिजेरेसन एण्ड एयरकण्डिसनिगं बिषयमा ३ बर्षे इञ्जियरिगं कक्षा सञ्चालन गर्दै आएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी