ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान

१४ जेष्ठ २०८०, आईतवार
१४ जेष्ठ २०८०, आईतवार

बुटवल, १४ जेठ ।

होटल ब्यवसाय गर्दै आएका मिलनचोकका शेर बहादुर रेश्मीमगर अहिले समस्या छन् । तीन वर्षको दौरानमा कोभिड संक्रमण र अहिलेको आर्थिक समस्याबाट होटलको खर्च धान्न मुश्किल परेको उनको दुःखेसो छ । न्यू अर्घाखाँची होटलका संचालन रेश्मी विकल्प खोजी रहेका छन् । ‘धेरै समस्या छ’– उनले भने । होटलमा काम गर्ने कुक, कर्मचारीको तलब, घरभाडाको पिरलो उनलाई छ । आर्थिक मन्दीको चपेटामा अहिले पर्यटन ब्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनी बताउँछन् । उपभोक्तासंँग खर्च गर्ने क्षमता घट्दा होटलमा जाने र खर्च गर्ने बानी घटेको उनको दाबी छ । पिडामा रहेको बेला उनका घरबेटी रविलाल पोखरेलले घाउमा मलहम लगाउने काम गरेका छन् । उनले तिर्ने मासिक घरभाडामा २० प्रतिशत छुट दिएका छन् ।

समग्र क्षेत्र आर्थिक समस्यामा परेको बेला आफ्नो क्षमता अनुसार छुट दिएको घरधनी रविलाल पोखरेलको तर्क छ । ‘कोभिड संक्रमणको बेलामा पनि छुट गरेको थिएँ’–उनले भने । राजनीतिक दलहरु किचलो छोडेर देशको आर्थिक समस्याको समाधानमा लाग्नुपर्ने उनी बताउँछन् । धेरै ब्यवसायीहरु पेशा छोड्ने मनसायमा देखिएको उनले दाबी गरे । बुटवल नगरमा निमार्णाधीन भौतिक पूर्वाधार, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनु, दक्ष युवाहरु विदेश पलायन हुनुजस्ता कारण प्रत्यक्ष बजारमा प्रभाव परेको छ ।

११ वर्षदेखि रामु सापकोटा होटल ब्यवसायबाट रमाएका थिए । बुटवल बसपार्कमा एलिसा होटल संचालन गरेका उनी कोभिड संक्रमण र आर्थिक समस्याका कारण जटिल समस्यामा छन् । आर्थिक संकटकै कारण घरभाडा तिर्न कठिन भएको उनको दुःखेसो छ । आधा दर्जन युवालाई रोजगार दिएका उनी अहिले कर्मचारी घटाउन बाध्य भएका छन् । ब्यवसायीको यो पिडालाई कम गर्न रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले घरबेटीहरुलाई घरभाडा छुटको आग्रह गरेका छन् । संघको आग्रहमा सापकोटाका घरबेटी अमृत काफ्लेले २० प्रतिशत छुट दिएका छन् । बजारमा आर्थिक मन्दीकै कारण ब्यापार ब्यवसायमा नकारात्मक प्रभाव पर्दा छुट गरेर सहयोग गरेको उनले बताए । ‘कोभिड संक्रमणकालमा एक वर्ष छुट दिएको थिएँ’–उनले भने । कठिनाईको अवस्थामा एक अर्कालाई सहयोग गर्नु नै मानवता भएको उनको तर्क छ ।

होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक तथा प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले थला परेको पर्यटन ब्यवसायीहरुको हकहितमा आफुहरु निरन्तर काम गर्ने प्रतिवद्धता जनाए । दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको भन्दै उनले पछिल्लो समय आगजनीबाट क्षति भएका ३ वटा होटल ब्यवसायीलाई सहयोग गरिएको बताए ।

बुद्धजन्मस्थल लुम्बिनी, प्रदेशको अस्थायी राजधानी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल लगायत यहाँ रहेका धार्मिक, सामरिक, पर्यटकीय स्थलहरुको कारण लगानी ह्वात्तै बढाएका रुपन्देहीका होटल ब्यवसायीहरु राजनीतिक अस्थिरता र आर्थिक मन्दीबाट धरासायी बन्दै गएका छन् । एउटा होटलमा न्यूनतम डेढ करोड लगानी भएको छ । रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

कुल १८ हजार ७ सय ५ रुमहरु रहेको होटलमा २८ हजार ५७ बेड क्षमता छ । तीन वटा पाँचतारे होटलहरु टाईगर प्यालेस, पवन प्यालेस र सिद्धार्थ भिल्लासा छन् । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरी ३ वटा होटल छन् । यसैगरी तीन तारे १२–१५ वटा र ए लेभलका ३ सय होटलहरु छन् । यसबाहेक बजेट र डाउनटाउन लेभलका होटल छन् । सरकार र निजी क्षेत्रबाट पर्यटन विकासमा कुल ३० खर्ब भन्दा बढी लगानी रहेको उनको दाबी छ । ‘यो लगानी जोखिममा छ’–उनले भने । रुपन्देहीमा बाह्य पर्यटक लक्षित ठुला होटलहरुमा लगानी गरिएको र अस्थायी राजधानीलाई मध्यनजर गरी लगानी भएका होटलहरुमा पर्यटक घटेको छ । अस्थायी राजधानी सरेसंगै यहाँ हुने सेमिनार, गोष्ठी शुन्य भएको छ । वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था भएको छ । नुवाकोट र वसन्तपुरको केवलकार अबको विकल्पका रुपमा रहेको छ ।

‘स्थानीय पर्यटकिय स्थलको खोजी, टुर प्याकेजमार्फत बसाई लम्ब्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिएका छौ’ –अध्यक्ष भण्डारी

देशको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारबाट आवश्यक नीतिगत पहल जरुरी रहेको रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । अहिलेको जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बैकका ब्याजदर कम गर्ने र घरभाडा कानुन निर्माणमा सरकारले जोड दिनुपर्ने उनको तर्क छ । ‘हामीले सम्बन्धित क्षेत्रमा निरन्तर लबिङ गरिरहेका छौ’–उनले भने । रुपन्देहीमा रहेका मध्ये कुल होटल ब्यवसायीमध्ये ९० प्रतिशत भाडामा संचालन भएका छन् । संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु संघमा आवद्ध छन भने ५ हजार जनाले स्वदेशमा रोजगार पाएका छन । पछिल्लो तथ्याक अनुसार ५ प्रतिशत ब्यवसायीहरु बिस्थापित भएका उनले दाबी गरे । संघको पहलमा १४ जना घरधनिबाट २०–४० प्रतिशतसम्म घरभाडा छुट गराउन सफल भएको उनले बताए । ब्यवसायीहरुलाई टिकाउन घरभाडा छुट अभियानसंगै स्थाई समाधानको पहलमा आफुहरु लागेको उनले बताए ।
खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । रात्रीकालिन बजारलाई पर्यटन उकास्ने बिकल्पका रुपमा अगाडी बढाउन पहल भैरहेको उनले बताए । स्थानीय पर्यटकीय क्षेत्र पहिचान गरी पर्यटकलाई टुर प्याकेजको ब्यवस्थापनमा सरोकारवालाहरुसंग सहकार्य गर्ने उनले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?