ट्रेंडिंग:

>> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै

तयारी आवश्यक नठान्ने ‘कथित विज्ञहरू’

१० भाद्र २०७७, बुधबार
१० भाद्र २०७७, बुधबार

आजकल अनलाइन वेविनारको बाढी आएसँगै धेरै गलत तथ्यहरूको सम्प्रेषण भैरहेको छ । वरिष्ठ प्राध्यापकहरू र विभिन्न विषयका विज्ञ भनेर तामझामकासाथ विज्ञापनसहित आमन्त्रण गरिएका वक्ताहरूसमेतबाट पटकपटक भ्रामक विचार अभिब्यक्ति भएका छन् । केही हप्ता अगाडि भएको एउटा अन्तर्राष्ट्रिय विद्युतीय गोष्ठीमा एकजना प्राध्यापक र जिम्मेवार पदीय हैसियतमा भएको वक्ताले विषयवस्तु प्रस्तुत गरिसकेपछि श्रोताबाट नेपालको विद्यालयीय पुस्तकहरूको गुणस्तरका सम्बन्धमा जिज्ञासा राखियोः मैले विद्यालय तहका पाठ्यपुस्तक खासै हेरेको त छैन । तर पुस्तक आकर्षक र रंगीन हुनुपर्छ । उहाँको जवाफ यही थियो ।

ती प्रश्नकर्ता र प्रस्तोता दुवै नेपालको विद्यालय तहका पुस्तक आजकल नहेरेका व्यक्तिहरू रहेछन् । किनभने अहिले सरकारी पुस्तकहरूसमेत कक्षा ८ सम्म रंगीन छापिएको छ भन्ने ती दुवैले उच्चारण गरेनन् । पठन सामग्रीसम्बन्धि मुख्य विषयवस्तु तोकिएको गोष्ठिका प्रस्तोताको यो अल्पज्ञान संयोग मात्र होइन, प्रतिनिधिमुलक उदाहरण हो । कुनैपनि व्यक्ति सर्वज्ञानी हँुदैन । तर आफुलाई सहज जानकारी नभएको क्षेत्रमा विज्ञ बनेर प्रस्तुति दिने र यसप्रकारका सतही विचार भएका मानिसहरूलाई विज्ञका रूपमा मञ्च दिने दुवै प्रवृत्तिले अहिले बौद्धिक प्रदुषण बढाएको छ । यसका साथै आफुबाहेक अन्यले पनि कुनै किसिमको कार्य गरेको होला भन्ने नठान्ने र बासी मनोदशासहितका रुढ मान्यताको आधारमा बोलिदिने प्रवृत्तिको पराकाष्ठा बढेको छ ।

आजकल विद्वानहरू बोल्ने क्रममा धेरै चिप्लिएका छन् । जनजीवन सामान्य रहेका अवस्थामा शहरतिर आयोजित हरेक औपचारिक कार्यक्रममा ठूला दलका सिमित व्यक्ति र साना दलका एउटै व्यक्ति प्रायः सबै कार्यक्रमका वक्ता हुने गर्दथे । उनीहरूले मन्तव्यको शुरूमै भन्ने गर्दथेः म यो विषयको जानकार त होइन, बोलाउनु भयो । बोल्न पनि दिनु भयो । केही त बोल्नुप¥यो . . . । यस विषयमा धरै कुरा गर्दिन । अब म समसामयिक विषयमा हाम्रो पार्टीको तर्फबाट मेरा कुरा राख्न चाहन्छु ।

अहिले चलिरेहका विद्युतीय कार्यक्रमका विज्ञहरू पनि यही अवस्थामा छन् । अर्थात् आफुलाई जानकारी नै नभएको विषयवस्तुको वक्ता बन्नुपर्ने वाध्यता वा रहर बनेको छ । केही दिन अगाडि एउटा प्यानल छलफलमा शिक्षकको पेशागत विकाससम्बन्धि जिज्ञासा राखियो । विद्वान् प्यानलिष्टले भननुभयोः मलाई शिक्षकको पेशागत विकाससम्बन्धि सरकारको नीतिगत व्यवस्था थाहा छैन । तर एउटा शोधपत्र निर्देशन गर्ने क्रममा शिक्षकहरू बढुवाका लागि टिपिडि तालिम लिन्छन् भन्ने बुझेको छु ।

त्यस कार्यक्रममा आमन्त्रित चारजना वक्तामध्ये तीनजना प्राध्यापक, दुईजना विद्यावारिधि र एकजना अन्तर्राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो । तर, कुनैपनि वक्ताले शिक्षकको पेशागत विकास एउटा शैक्षिक विधा भएको र सरकारले सञ्चालन गरेको टिपिडि कार्यक्रम एक प्रकारको सहयोगी कार्यक्रम भएको फरक छुट्टाउनु भएन । सरकारबाट सञ्चालित टिपिडि तालिमबाहेक पेशागत विकासका अन्य विधिका बारेमा पनि चर्चा गर्नु भएन । यसैगरी बढुवाका लागि शिक्षकले तालिम लिन्छन् भन्ने सडक हल्लालाई प्रा.डा.हरूले प्रचार गरेको सुन्नुपर्दा ग्लानि महशुस भयो । शिक्षकको बढुवा प्रयोजनका लागि टिपिडि तालिमको अङ्कभार तीन पूर्णाङ्क मात्र छ र ९७ अङ्कका अन्य आधारहरू छन् । यो कानूनी व्यवस्थाको जानकारी विना गरिएको टिप्पणिको कुनै महत्व हुनु हँुदैन ।

यी र यस्ता आधारहीन टिप्पणि गरेर विद्वान्हरूले आफ्नो कद घटाएका छन् । यतिमात्रले पुगेन । कार्यक्रम सहजकर्ताले ती महाशयहरूका जीवन जर्नल बताउन लगाउनु भयो । झूट प्रचारकहरूका जीवनगाथा सुनेर के बुद्धि बढ्ने हो ? तर पनि आदर्श श्रोताको अभिनय गर्दै गर्दा अर्का प्राडा छिर्नुभयो । तीन बजेदेखि पाँच बजेसम्म तय गरिएको कार्यक्रममा पौने छ बजेमात्र उहाँ प्यानलिस्टका रुपमा गोष्ठिमा प्रवेश गर्नुभयो । जीवन बृतान्त गर्ने अवसर उहाँलाई पनि प्राप्त भयो । उहाँले अति व्यवस्तताको कारण कार्यक्रममा समयमै उपस्थित हुन नसकेको लाचारी व्यक्त गर्दै हुनुहुन्थ्यो । मैले अर्का निवृत्त प्राध्यापकलाई सम्झिएँ । उहाँ औपचारिक कार्यक्रम शुरू भएपछि प्रवेश गर्नुहुन्छ । बीचमै भाषण गर्ने अनुमति माग्नुहुन्छ । अति व्यवस्तताको कारणले सबैका कुरा सुन्न पाइन भन्दै उठ्नुहुन्छ र एकान्तमा तास खेलेर बस्नुहुन्छ ।

अहिले धेरै क्षेत्रमा चम्चाहरूको होहल्लाका कारण तिनीहरूका संरक्षक नै अप्ठेरोमा परेको अवस्था छ । आयोजकहरूसमेतले ठूला मान्छेको फोटो फेसबुकमा राखेर वैतरणि तर्ने प्रयास गरेको देखिन्छ । केही आयोजकको सांगठनिक वा शैक्षिक वा पेशागत झमेलाबाट पार पाउनका लागि मिलाइएको तारतम्य पनि हुन सक्छ भन्ने शंका बढ्न लागेको छ । जिल्ला वा प्रदेशबाट आयोजित कार्यक्रममा तिनीहरूको केन्द्रीय माऊ संस्थाका अधिकांश व्यक्तिलाई अतिथि वा प्रस्तोता बनाउन किन प¥यो ? विषयवस्तु सम्बन्धि विज्ञ नभएर हो कि ?

सम्बन्धित विज्ञको कुरा सुन्न ती वरिष्ठ बुद्धिजिवीहरूलाई केको लाज ? कहिलेकाहीँ मिडियाका हेडलाइनजस्ता भएका छन् विद्युतीय गोष्ठिहरू । प्रचारात्मक व्यानरमा स्वदेशी, विदेशी र आकर्षक प्रोफाइल भएका व्यक्तिहरू देखाइन्छ । विषयवस्तु पनि आकर्षक शव्दमा निर्माण गरिएको हुन्छ । तर जब प्रस्तुति शुरू हुन्छ श्रोताले आफु ठगिएको महशुस गर्दछ । हाम्रा बाजेले घ्यु खाएका थिए भनेर नहुने रहेछ । सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ भनेर के गर्नु ? तरबारमा खिया लागेपछि भाँचिनु स्वाभाविक हो । जतिसुकै धारिलो बञ्चरो पनि केही घण्टा दाउरा चिरेपछि उध्याउनु आवश्यक पर्दछ । एउटा दाउरेले बुझेको कुरो विद्वान्हरूले नबुझेको देख्दा लाज लाग्छ । किन पढेकाहरूले पढ्न छाडे ? जसरी एउटा राजा भारदारका लहैलहैमा नाङ्गै शहर घुमेका थिए र उनलाई एउटा वालकले आँखा खोलिदिएको थियो, यी विद्वान्हरूलाई पनि आँखा खोलिदिने हिम्मतवालाको आवश्यकता छ ।

अहिले शिक्षक, प्राध्यापकहरूका लागि केही चुनौतीहरू थपिएका छन् । परिवर्तित र नयाँ नयाँ ज्ञानको अध्यावधिक हुनु मुख्य चुनौती बनेको छ । एकातिर प्रविधिको प्रयोगले गर्दा फरक फरक प्रकारका ज्ञान फैलिएका छन् भने अर्कोतिर कार्यव्यवस्तता वा विभिन्न प्रकारका कार्यहरूमा सहभागिताका कारण तयारी गर्ने, अध्ययन गर्ने र गहिराइमा पुग्ने फुर्सद छैन । यसका साथै कतिपय मानिसहरूमा नो भन्ने प्रवृत्ति देखिँदैन । मैले जान्दिन, सक्दिन वा समय छैन भन्यो भने पछाडि परिन्छ कि वा फेरि खोज्दैन कि भन्ने डर छ । तर अचम्म लाग्छ मैले गरेको लापरवाही वा गलत कार्यको चेतना अन्यलाई हुन्छ र त्यो झन् ठूलो खतरापूर्ण हुन्छ भन्ने विश्लेषण गरिएको छैन ।

आजकल अनलाइन गोष्ठिमा देखिएको अर्को समस्या विषयवस्तुको विविधिकरणको अभाव हो । ट्रेड युनियनवालाहरूसमेत परिवर्तन भैसके र फरक फरक विषयवस्तु प्रस्तुतिका लागि साधारण शिक्षकहरूसमेतलाई प्रोत्साहित गरिरहेका छन् । शिक्षक संगठनको सुक्ष्म शिक्षण कार्यक्रममा प्रारम्भिक बाल कक्षा शिक्षकहरूसमेतले नवीन विधि प्रविधिको प्रयोग गरेर शिक्षण गरिरहेका छन् । तर, राष्ट्रिय अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका वरिष्ठ व्यक्तिहरू, विद्वान प्राध्यापकहरूले एउटै विषयवस्तु उही श्रोतालाई पटक पटक सुनाइरहेको देखिन्छ । यस प्रकारको बौद्धिक कमजोरीका कारण हाम्रा आदरणीय गुरुहरूको पेशागत कद घटेको देखिन्छ । तसर्थ कुनै पनि प्राज्ञिक कार्यक्रममा विषयवस्तुको अध्ययन, तयारी र विज्ञ विचारको आधारमा मात्र प्रस्तोता बन्ने वानी बसाल्नु पर्दछ । अन्यथा मञ्च पाएको बेला श्रोताको अपमान गर्नेहरूले श्रोताको सधैं सम्मान पाउने अपेक्षा गर्नु अस्वाभाविक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission