© २०२३
प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले आफूले बुझेको तलव खैराका अग्नीपीडितलाई प्रदान गरेका छन् । गतवर्षको फागुन २२ र २३ गते आगलागी भएपछि घरबार विहिन भएका चारजना पीडितहरुलाई आइतवार रकम प्रदान गरिएको हो । नगरपालिकाको वडा नम्वर १ स्थित धरमपानी खैराका लालमती जिसी, हरी बहादुर बस्नेत, हिरा जिसी र मदन जिसीलाई प्रति परिवार ३५ हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ । चार जनालाई गरी एकलाख ४० हजार रुपैयाँ रकम गाँउमै पुगेर नगरप्रमुख कक्षपतीले हस्तान्तरण गरे ।
आगलागी भएकै दिन घटनास्थलमा पुगेर कक्षपतीले तलव वापत बुझ्ने रकम पीडितलाई दिने वचन दिएका थिए । ‘वार्षिक रुपमा तलवको रकम दुःखी गरिवलाई दिने सोँच बनाएको छु’,कक्षपतीले भने,‘पीडितको दुःखमा सान्तवनाका लागि केही राहत मिल्ने आशा छ ।’ तलवकै रकमबाट कक्षपतीले नगरपालिकाको वडा नम्वर ३ स्थित कुमाल बस्तीमा मन्दिर निर्माणका लागि नगद ४० हजार रुपैयाँ रकम सहयोग गरेका छन् । पीडितलाई राहत रकम प्रदान गर्दै नगरप्रमुख कक्षपतीले नगरवासीको जीवन परिवर्तनका लागि ठोस योजना बनाएर कार्यालय अघि बढिरहेको जानकारी गराए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी