ट्रेंडिंग:

>> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

काल बन्दै मापदण्ड विना खनिएका सडक 

६ श्रावण २०७५, आईतवार
६ श्रावण २०७५, आईतवार

२९ फाल्गुन, २०७४ वेलुका रोल्पा नगरपालिका १० धवाङमा ट्याक्टर दुर्घटना भयो । दुर्घटनामा परि ट्याक्टरमा सवार रोल्पा नगरपालिका १० साउनेपानीका १३ वर्षिय दिलवहादुर विष्ट र १४ वर्षिय वालाराम विष्टको घटना स्थलमै मृत्यु भयो । दुर्घटनामा परि गम्भिर घाईते रोल्पा सुवर्णावती गाउँपालिका ५ पालिहाल्नाका १८ वर्षिय सहचालक नवराज महराको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भयो । दुर्घटनामा परि ५ वर्षिय विकास विष्ट र ७ वर्षिय कुशल विष्ट घाईते भए । ढुंगा वोकेर साउनेपानी तर्फ जाँदै गरेको उक्त ट्याक्टरमा विद्यालयको पढाई सकेर घर फर्कदै गरेका वालवालिका सवार थिए ।
७ फाल्गुन, २०७४ मा सुलिचौरवाट सिर्प तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भयो । ट्याक्टर दुर्घटनामा परि लुंग्री गाउँपालिका ४ का १२ वर्षिय दीपेन्द्र विष्ट र ४८ वर्षिय नरेन्द्र विष्टको मृत्यु भयो । सामान लिएर सिर्प तर्फ गईरहेको सो ट्याक्टर दुर्घटना ग्रस्त हुदा विष्टद्धयको मृत्यु भएको थियो ।
रोल्पाका ग्रामीण सडकमा हुने दुर्घटनाका प्रतिनिधि घटना हुन यी । जिल्लामा हुने दुरर्घटना मध्ये ट्याक्टर दुर्घटना अधिककतम हुने गरेको वताईन्छ । नयाँ ट्रयाक खोलिएका सडकमा समेत ट्याक्टर चल्ने भएकाले अन्य सवारीको तुलनामा ट्याक्टर दुर्घटना वढि भएको हो । जिल्लामा आर्थिक वर्ष २०७२÷०७३ मा भएको ट्याक्टर दुर्घटनामा परि ७ जनाले ज्यान गुमाएका थिए । यसैगरि आर्थिक वर्ष ०७३÷०७४ मा यसरी ज्यान गुमाउनेको संख्या १० रहेको जिल्ला ट्राफिक कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा यो संख्या वढेर १४ जना पुगेको छ । ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या हरेक वर्ष वढिरहेको तथ्यांकले देखाउछ । दुर्घटनामा परि घाईते हुनेको संख्या उल्लेख्य रहेको छ । जिल्लाको भित्रि सडकको रुपमा रहेका यस्ता सडकमा दुर्घटनाका कारण हरेक वर्ष ठूलो संख्यामा रोल्पालीहरुको मृत्यु भईरहेको छ । मापदण्ड अनुसार सडक नवनेका कारण ट्याक्टर दुर्घटना भईरहेको वताइएको छ । भिरालो र कमजोर भौगोलिक संरचना रहेको रोल्पामा आफुखुसी वनाइएका संरचनाहरुका कारण यस्ता दुर्घटना वढिरहेको वताइएको छ । जिल्लाको भित्रि सडक अत्यन्तै साघुरा र ईन्जिनियरिङ विनै वनेको कारण दुर्घटना वढेको पाइएको छ । ग्रामीण क्षेत्रमा दैनिक जसो भईरहने सानाठूला दुर्घटनाको मुख्य कारण ईन्जिनियरिङ डिजाईन, सर्भे र कुनै योजना विनै सडक निर्माण हुनु रहेको सरोकारवालाको भनाई छ । पहाडी बाटोमा जहाँ मन लाग्यो त्यतै डोजर पु¥याउने र त्यसकै भरमा खनिने वाटोले दुर्घटना वढाएको उनीहरुको भनाई छ । कार्यकर्तालाई भरणपोषण गर्न बाटोको योजना सहज हुने भएकाले अनावश्यक ठाउँहरुमा समेत सरकारी वजेट दुरुपयोग गरि जथाभावि डोजर चलाइएका छन ।
सामान्यतया १० प्रतिशत सम्मको उकालो मात्रै पहाडमा मान्य हुने भए पनि अहिले १२ प्रतिशत सम्मलाई छुट दिने गरेको वताइन्छ । तर आफुखुी खनिएका अधिकांश वाटोहरु १५ देखी १८ प्रतिशत सम्म उकालो भएका कारण अन्धाधुन्ध सवारी चलाउनु पर्दा दुर्घटना वढेको पाइएको छ । सडक विभागले साँघुरा बाटोमा दुर्घटना हुन सक्ने भन्दै सुरक्षा र वातावरण विनाशलाई समेत दृष्टिगत गरि सिंगल लेनको वाटो वनाउन छोडेको छ । विभागले पछिल्लो समय निर्माण गर्ने सबै सडक कम्तीमा पनि मध्यम लेनेको वनाइरहेको वताइएको छ । तर ग्रामीण सडक, उपभोक्ता समिति र अन्य नीजि क्षेत्रबाट बन्ने सडक भने मापदण्ड नपु¥याई बनाउने र विभागको नेपाल रोड स्ट्याण्डर्ड अनुसार नहुदा दुर्घटना बढेको वताईन्छ । सवै सडक मापदण्ड अनुसार स्तरीय एवम ईन्जिनियरिङ सहित हुनै पर्ने सडक विभागले जनाएको छ ।
रोल्पाका सवै स्थानीय सरकारको प्राथमिकतामा सडक परे पनि अधिकांश सडक मापदण्ड अनुसार नहुदा धनजनको क्षती हुदै आएको छ । उपभोक्ता समितिले आफु खुसी सडक निर्माण गर्ने प्रवृद्धीले जिल्लामा निर्माण भएका मध्ये अधिकांश सडक गुणस्तरीय छैनन । गाउँ जोड्ने नाममा डोजर आतंक वन्द नहुदा सम्म सवारी दुर्घटना नियन्त्रण तथा भूक्षय न्यूनिकरण समेत हुन नसक्ने नेपाल निर्माण व्यवासयी संघ रोल्पाका अध्यक्ष मानवहादुर खत्रीले वताए । सडकको सडक संजाल प्रायः सवै वडा सम्म पुगे पनि वातावरणीय प्रभाव मूल्यांकन विना वनाईएका कारण प्राकृतिक प्रकोपको खतरा रहेको अध्यक्ष खत्रीको भनाई छ ।
दुर्घटनामा परि मृत्यु तथा घाईते हुने अधिकांश १८ वर्ष मुनीका रहेका छन । जिल्लामा चल्ने अधिकांश ट्याक्टर १८ वर्ष मुनिका किशोरहरुले चलाउने गरेको वताईन्छ । केही समय गाडीमा सहयोगीको काम गर्ने अनि आफै ट्याक्टर चलाउने भएकाले पनि जिल्लामा ट्याक्टर दुर्घटनाको संख्या वढ्दै गएको छ । सडक मापदण्ड विपरित हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरहरुले गाडी चलाउदा दुर्घटना वढिरहेको जिल्लावासीको गुनासो रहेको छ । ग्रामिण सडक रहेका स्थानहरुमा ट्राफिक प्रहरीको पहुँच नहुदा समेत दुर्घटना वढेको वताईन्छ ।
रोल्पामा वनेका सडक मध्ये करिव ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडक वाहेक अन्य सवै सडक वाह्रै महिना संचालन गर्न सकिदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनैतिक सडक मात्र वाह्रै महिना चल्ने गर्दछन । गाउँ गाउँसम्म पुग्ने सवै जसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना वढिरहेको वताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%