ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

लैगिक हिंसामुक्त समाज बनाउने प्रयासमा स्थानीय तह

३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

बुटवल, ३ जेठ ।

केही समययता धेरै नगरपालिका र गाउँपालिकाहरुले आफ्नो क्षेत्रलाई लैगिक हिंसामुक्त समाज बनाउन लागि परेका छन् । समाजलाई सही दिशा दिनका लागि पनि हिंसा रहित समाज हुन जरुरी हुने सरोकारवालहरु बताउँछन् ।

स्थानीय तहहरुले पनि समाजलाई सही मार्गदिशा निर्देश गर्नका लागि यस्ता अभियानहरु चलाईरहेका छन् । समाजमा बिखण्डन नहोस् भन्नका लागि नगरको न्यायिक समितिमा आउने मुद्दाहरुलाई सकेसम्म मेलमिलापको क्षेत्रतर्फ लैजाने गरेको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले बताईन् ।

उनले भनिन्, “केही छिनको आवेगका भरका जीवन भर पछुतो हुने निर्णयका लागि हामी सोच्ने समय दिन्छौ । त्यो अवधिमा धेरै जोडीहरुले मिल्ने निर्णय गरेका छन् । त्यो समाजका लागि सकारात्मक कुरा हो ।”

नेपालको संवधिानले लैिङ्गक विभेद अन्त्य गर्ने संकल्प राखेको छ । त्यसैले महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ सम्बन्धी हकसँगै मौलिक हकहरु समावेश गरेको छ । राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागतिा सुनश्चित गरेको छ ।

लैगिक विभेद अन्त्य गर्ने उद्देश्यले लैङ्गकि हिंसा निवारण कोष सञ्चालन नियमावली २०७६ निर्माण गरी कार्यान्वयनको चरणमा छ । नियमावलीलाई नै आधार बनाएर सिद्धार्थनगर नगरपालिका कोष निर्माण गरेर अगाडि बढेको छ । कोषमा अहिले करिव दुई लाख रुपियाँ रहेको महिला विकास शाखा प्रमुख कौशल्या चौधरीले बताईन् । उनले यो कोषबाट अहिले सम्म काम हुन नसकेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा नगर पुगेको बताईन । यसबाट हिंसामा परेका महिलाहरुको राहत, उद्दार, कानुनी परामर्शमा खर्च गरिने भए पनि अहिले सम्म नगरमा त्यस्ता उजुरी नपरेको चौधरीको भनाई छ । अधिकारकर्मी सुमित्रा शर्माले कोषले मात्रै हिंसा निवारण हुन नसक्ने बताईन् ।

उनले समाजमा अझै पनि आफुमाथि भएको हिंसा बताउन नसक्नेको संख्या धेरै भएकाले यसका लागि नगरले छुट्टै नीतिको व्यवस्था गर्नुपर्नेमा जोड दिईन् । उनले हिंसामा परेका महिलाहरुको गोपनियतालाई ख्याल गर्न नसक्दा पनि धेरै हिंसामा परेका महिलाहरु बाहिर आउन नसकेको बताईन् ।

सिद्धार्थनगर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना भए पनि प्रभावकारी रुपमा सञ्चालन नभएको उपप्रमुख उमा अधिकारीले जानकारी दिईन् । उनले आगामी वर्षको लागि यो शीर्षकमा राम्रो बजेट छुट्टयाएर काम गर्ने बताईन् । यसका लागि आफुले गृहकार्य गरिरहेको भन्दै आगामी वर्षबाट यो शीर्षकले प्रभावकारी रुपमा काम गर्नेमा उनले जोड दिईन् । अधिकारी भन्छिन्, “अहिले हाम्रो नगरमा धेरैजसो जग्गाको विवाद, घरेलु हिंसा र तराईबासी एकल महिलाहरुको समस्या धेरै छ । एकल महिलाहरुको समस्याका लागि उनीहरुलाई आत्मनिर्भरताका कार्यक्रमहरु सञ्चालन गरेका छौ । त्यसैगरी सचेतनामुलक कार्यक्रमहरु गरेर उनीहरुको अवस्था परिवर्तनका लागि काम गरेका छौ ।” यो कामलाई निरन्तरता दिदै अगामी वर्षका लागि कसरी काम गर्ने त्यो विषयमा योजना बनाउदै जसरी पनि महिलाहरुलाई सक्षम बनाएर आर्थिक रुपमा सबल बनाउन सके धेरै हिंसा कम गर्न सकिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?