ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

४४ दिनमा पौने दुई करोड बढिको तरकारी निकासी

४ श्रावण २०७७, आईतवार
४ श्रावण २०७७, आईतवार

तरकारी खेतीलाई मुख्य पेशा बनाएका सल्यानका किसानहरु लकडाउनको बेला पनि उत्पादित वस्तु विक्रिको वातावरण बनेपछी खुसि देखिएका छन् । कोरोना महामारिका कारण सरकारले लागु गरेको लकडाउनमा पनि जिल्लाको कपुरकोट क्षेत्रका किसानहरुले निर्वाध रुपले वेमौसमी तरकारी विक्रि गरिरहेका छन् । किसानको उत्पादनलाई विक्रिको सहज वातावरण कपुरकोट गाउँपालिका र कृषि उपज बजार केन्द्रले बनाएको हो । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि आवश्यक नियमहरु बनाएर अहिले पनि तरकारी विक्रिवितरण भइरहेको छ । ठूलो परिमाणमा उत्पादन हुने कपुरकोट क्षेत्रको तरकारी बुटवल, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगाएतका प्रमुख शहर बजारमा निर्यात भइरहेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, बजार केन्द्र, राजनितिक दल, किसान तथा ब्यापारिहरुको पटक पटकको छलफल पश्चात कोरोनाबाट बच्नका लागि आवश्यक नियमहरु बनाएर किसानले उत्पादन गरेको ताजा तरकारी र फलफुलको बजारीकरणको ब्यवस्था गरिएको बजार केन्द्रका अध्यक्ष टंक नेपालीले जानकारी दिए । वेमौसमी तरकारि खेतीका लागि देशमै ख्याति कमाएको कपुरकोटको तरकारीको विक्रिका लागि संघीय तथा प्रदेश सरकारले कुनै खास पहल नगरेपछी गाउँपालिका आफै अघि सरेर विभिन्न शहर बजारमा सल्यानको तरकारि कसरि पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल अघि बढाएको थियो ।

सरोकारवालाहरुको छलफलबाट तरकारिको बजारीकरणका सन्दर्भमा विभिन्न निर्णयहरु गरिएको थियो । बजार केन्द्रका सचिव तिलक शर्माका अनुसार तरकारि विक्रि गर्ने किसान, ब्यापारि तथा लोड अनलोड गर्ने लेवरहरुले कोरोनाका नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्छ । पिसिआर अथवा आरडिटी रिपोर्ट सहित बजार केन्द्रमा सुचिकृत भएपछि मात्रै ब्यापारीहरु कपुरकोट क्षेत्रमा आएर तरकारि खरिद गर्न पाउँछन् । सचिव शर्मा भन्छन्, ‘स्थानीय र विभिन्न शहर बजारका १९ जना ब्यापारीहरु अहिले हामीकहाँ सुचिकृत हुुनुभएको छ, उहाँहरु यहाँ कोरोना नभएको रिपोर्ट लिएर आएपछी तरकारिको कारोवार गर्न पाउनुभएको छ, यहाँ आएको ब्यापारी तरकारीसंगै फेरि जिल्ला वाहिर जान आउन पाउनुहुँदैन ।’ ब्यापारी तथा लेवरहरुलाई निःशुल्क परिचयपत्र प्रदान गरिएको जनाउदै उनले को कहाँ जान्छ भनेर अभिलेख राखिएको जनाए ।

बुटवलबाट तरकारि खरिदका लागि आएका ब्यापारि बद्रुदिन राइनले आफुहरुले कोरोनाका सबै नियमहरुको पालना गरेको जनाए । उनले भने, ‘कोरोनाको जोखिम छँदैछ, यसको जोखिमबाट बच्नका लागि सबै सजग हुन जरुरी छ, हामी पनि यसमा सचेत छौँ ।’ आफुले यहिँ कपुरकोटमै बसेर खरिद गरेको तरकारी गाडिमा बुटवल, धनगढी र महेन्द्रनगरसम्म पठाउने गरेको र त्यहाँ आफ्ना प्रतिनिधी रहेको जनाए । ‘जाने आउने गर्दा कोरोना संक्रमणको जोखिम हुन सक्छ, हामी यहीँ बसेर तरकारी खरिद गरेर पठाउँछौँ, तरकारि अनलोड र विक्रिका लागि ति शहरमा हामीले प्रतिनिधीको ब्यवस्था गरेका छौँ,’ बद्रुदिनले भने ।

गाउँपालिका भित्र तरकारि खरिदका लागि आउजाउ गर्ने गाडिहरु पास पाएपछि मात्रै सञ्चालन हुनेगरेको बजार केन्द्रले जनाएको छ । यस्तै तरकारी बजारमा किसानहरुले पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र तरकारि लोड अनलोड गर्ने ४७ जना लेवरहरुलाई कोड नम्बर प्रदान गरेर सुरक्षा सावधानीका साथ परिचालन गएिको बजार केन्द्रक सचिव शर्माले जानकारि दिए । तरकारि बजारमा माइकिङ गरेर कोरोना सम्बन्धी सचेतना फैलाउने कार्य पनि भइरहेको उनले बताए ।

४४ दिनको अवधिमा कपुरकोटबाट पौने दुई करोड बढिको तरकारि विक्रि भएको छ । गएको जेठ २० देखि असार ३१ गते सम्म दुई करोड ८८ लाख १५ हजार दुई सय १० रुपैयाँको तरकारी विक्रि भएको कृषि उपज बजार केन्द्रले जनाएको छ । यो अवधिमा ९ लाख ६८ हजार ५९७ किलो वेमौसमि तरकारी जिल्ला निकासी भएको सचिव शर्माले जानकारि दिए ।
यस्तै गएको तरकारिको बेमौसमि सिजनमा २१ करोड ६९ लाख १९ हजार ९९९ रुपैयाँ किसानहरुले तरकारि विक्रि गरेर हात पारेका थिए । २०७६ जेठ २८ गते देखि कार्तिक सम्म किसानहरुले ३४ हजार ७२४ क्वीन्टल तरकारि विक्रि गरेका थिए ।

यस सिजनमा पनि स्थानीय सरकार, ब्यापारि लगाएत सरोकारवालाको समन्वयमा उत्पादित तरकारी विभिन्न जिल्लामा पठाउने ब्यवस्था मिलाएका कारण किसानहरुले निकै कम मुल्यमा तरकारि वित्रि गर्न नपरेको बजार केन्द्रले जनाएको छ । किसानहरुले भेडे खुसार्नको मुल्य न्युनतम २२ देखि १०५ सम्म प्राप्त गरेका छन् । यस्तै टमाटर ३० देखी ४५, बन्दा गोभी २ देखि १५, फुल गोभी ८ देखि ५५ रुपैयाँ प्रतिकिलोमा विक्रि गरेको सचिव शर्माले जानकारि गराए ।
कपुरकोट स्थित बजार केन्द्रमा कृषि उपज संकलनका लागि ३ वटा सटर सहितका पक्की कोठा निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको ९ लाख ५० हजार रुपैयाँको बजेटबाट संकलन केन्द्र निर्माण गरिएको हो । बजार केन्द्रभित्र हाल ४ वटा गोदाम र ३० वटा स्टलहरु रहेका छन् । तरकारि बजार केन्द्रमा अहिले सौचालय तथा पानीको निकै समस्या रहेको सचिव शर्माले बताए । स्थानीय सरकारबाट पनि बजार केन्द्रका समस्या समाधान गर्नका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाई छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?