ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

प्राचीन कपिलवस्तुमा शिशु सिद्धार्थ भित्रिए

२४ बैशाख २०८०, आइतबार
२४ बैशाख २०८०, आइतबार

कपिलवस्तु, २४ बैशाख ।

बैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका शिशु सिद्धार्थ गौतमलाई राजकीय सम्मानका साथ गृह नगर प्राचिन कपिलवस्तुमा भित्र्याईएको छ । प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) मा बुद्धजयन्ती तथा प्रसुती उत्सवको आयोजना गरी शिशु सिद्धार्थलाई भित्र्याईएको हो । लुम्बिनीबाट बाजा गाजाका साथ ल्याईएका शिशु बुद्धलाई तौलिहवा नगर परिक्रममा गराई तिलौराकोट ल्याईएको हो । शिशु सिद्धार्थलाई गृह नगर भित्र्याउने कार्यक्रममा कपिलवस्तु नगरपालिका क्षेत्रका स्थानीयले घर घरबाट सहभागिता जनाएका थिए । प्रसुती उत्सवको अवसर पारेर तिलौराकोटमा प्रसुती उत्सवको कार्यक्रम र “तस्बिरमा सम्पदा” फोटो प्रदर्शनीको कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले उदघाटन गरे ।

सो अवसरमा लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले सिद्धार्थ गौतमको बुवा राजा शुद्धोधनको राजधानी तथा सिद्धार्थले २९ बर्ष बिताएको प्राचिन कपिलवस्तुको विकासमा बिगतमा यथेष्ट ध्यान नपुगेको भए पनि अब कपिलवस्तु विकासको बिषय साझा सरोकारको बिषय बन्नु पर्ने बताए । लुम्बिनी जत्तिकै विकास कपिलवस्तुका बुद्धस्थलको हुनुपर्ने शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले माग राखे । लुम्बिनीमा भव्य कार्यक्रम हुने गरे पनि कपिलवस्तुको कार्यक्रममा मन्त्रालय र कोषले चासो नलिनु दुःखद भएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कपिलवस्तु महत्वपूर्ण स्थान भए पनि प्राथमिकतामा नपर्नु दुखदः रहेकाले अब कपिलवस्तु विकासमा सरकारको ध्यान पुग्नै पर्ने र स्थानीय सरकार सहकार्यका लागि तयार रहेकोमा पौडेलले जोड दिए ।

लुम्बिनी विकास ऐन बनेबाटै कपिलवस्तुको बिकास पीछडिएको बताउँदै त्यतिबेलै कपिलवस्तु तिलौराकोट विकास ऐन बनाएर लुम्बिनीलाई त्यही मातहत ल्याउनु पर्नेमा हुन नसकेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । लुम्बिनी विकासका लागि ऐन बनेको बर्षौ सम्म कपिलवस्तु विकास नभएको भन्दै पाण्डेयले छुट्टै तिलौराकोट विकास ऐन बनाउनु पर्नेमा जोड दिए ।

कोषले कागजमा मात्रै काम गर्दा कपिलवस्तुको विकासमा प्रश्न उठेको उनको आरोप थियो । लुम्बिनी विकासको गुरुयोजनाको काम समयमै हुन नसक्नु लज्जाको बिषय भएको बताउदै बाँकी अुधरा काम तदारुकताका साथ हुनु पर्नेमा भारतका लागि पुर्व राजदुत तथा पुर्व पर्यटनमन्त्री दिप कुमार उपाध्यायले जोड दिए । तीनै तहका सरकार मिलेर कपिलवस्तुको बुद्धस्थलको तीव्र विकासमा लाग्नु पर्नेमा प्रतिनिधिसभा सदस्य रुपा बिकको जोड थियो । कार्यक्रममा बोल्ने स्थानीयले तिलौराकोटलाई बिश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रिया बारे स्थानीयलाई जानकारी गराउनु पर्ने, तिलौराकोटमा पायक पर्ने स्थानमा शौचालय सहितका अत्यावश्यक संरचना निर्माण गर्नुपर्ने, जग्गा अधिग्रहणबारे प्रष्ट योजना आउनु पर्ने सुझाव दिएका थिए । लुम्बिनी बिकास कोषले कपिलवस्तु बिकासको गुरुयोजना अगाडि बढाएको र बुद्धस्थलको संरक्षण सम्बद्र्धनमा कोष प्रतिवद्ध रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेले बताए ।

सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले बृहत्तर लुम्बिनी विकासको योजनामा कपिलवस्तु र नवलपरासीको बुद्धस्थलको समान विकासको आवश्यकता रहेको बताए । कपिलवस्तु विकासका लागि छुट्टै योजना कार्यान्वयमा ल्याउनु पर्ने तथा यहाँ भएका उत्खनन र अन्वेषणका उपलब्धि जोगाउन जनसरोकार वृद्धि हुनु पर्नेमा उनले जोड दिए । कपिलवस्तुको विकासमा सरोकारवालाबीचको साझा बहस र योजना कार्यान्वयनका लागि सहकार्य आवश्यक रहेकोमा भुसालले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?