ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

रोल्पामा भोकमरीको चिन्ता

१९ असार २०७७, शुक्रबार
१९ असार २०७७, शुक्रबार

कोभिड १९को विश्वमहामारी तथा वर्षादले निम्ताउन सक्ने संभाावित विपद संगै भोकमरी पर्न सक्ने भन्दै रोल्पामा खाद्यन्न भण्डारणको संभाव्यता अध्ययन थालिएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढा नेतृत्वको ३ सदस्यीय कार्यदलले जिल्लामा खाद्यान्न भण्डारणको संभाव्यता वारे अध्ययन थालनी गरेको हो ।

कार्यदलले तयार गरेको प्रारम्भिक अवधारणा पत्रका अनुसार रोल्पाका अधिकांश किसान आफ्नै उत्पादनले करिव ६ महिना मात्रै खान पुग्ने अवस्थामा छन । आकाशेपानीको भरमा खेती गर्ने उनीहरु पानीले साथ नदिएको वेला त्यो भन्दा पनि कम उत्पादनमा चित्त वुझाउने गर्छन । मुख्य वालीको रुपम रहेको मकै उत्पादन कम भएको वर्ष जिल्लामा खाद्य संकट निम्तने गर्छ । सहुलियत दरको चामल किन्न जिल्लाका अधिकांश क्षेत्रका जनता सदरमुकाम लिवाङमा रहेको नेपाल खाद्य कम्पनीको डिपो धाउने गर्दछन ।

कार्यदलले तयार गरेको अवधारणा पत्रका अनुसार जिल्लामा ३४ हजार ६५० मेट्रिक टन मकै, २२ हजार १९६ मेट्रिक टन गहुँ, ११ हजार ६२० मेट्रिक टन चामल, १ हजार ५० मेट्रिक टन कोदो,६१८ मेट्रिक टन जौ र १०० मेट्रिकटन फापर उत्पादन हुने गर्दछ । वर्षमा आधा समय आफैले उत्पादन गरेको खाद्यान्न उपभोग गर्ने जिल्लावासी आधा समयको खाद्यान्नका लागि भने जिल्ला वाहिरको खाद्यान्नमा आश्रित हुने गरेको उल्लेख गरिएको छ ।

जिल्लामा सिस्नो,कोदो,मकै,आलु,जौ, मह जस्ता स्थानीय पोषिलो रैथाने उत्पादन भएपनि तिनको उपभोगमा कमी आएको उल्लेख गरिएको छ । जिल्लामा उत्पादीत खाद्यान्नको व्यवस्थापन र प्रवद्र्धन गर्दै कृषिमा आधुनिकरणको माध्यमवाट मकै,धान गहु जस्ता मुख्यवालीको उत्पादन वृद्धी गरे मात्रै खाद्य असुरक्षाको जोखिमवाट वच्न सकिने सरोकारवालाहरुले वताएका छन । स्थानीय तहहरुको अगुवाईमा स्थानीय जनताले उपभोग गरेर वचेको खाद्यान्नलाई संचितिकरण गर्न सके संभावित खाद्य संकटवाट वच्न सकिन्छ, ५ नम्वर प्रदेश सभा सदस्य दीपेन्द्र पुनले भने । हरेक स्थानीय तहमा खाद्य भण्डारण जरुरी छ त्यस तफै सवैले सोच्नुपर्छ सदस्य पुनले भने ।

स्थानीय तहहरुले खाद्यान्न उत्पादन र खपतको यथार्थ तथ्यांक संकलन गरेर कहाँ कति खाद्यान्न वढी वा अपुग छ त्यसको आधारमा योजना वनाउन सहज हुने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको भनाई छ । महामारी र विपद कतिवेला आउछ भन्ने थाहा नहुने भएकाले सवै स्थानीय तहहरु खाद्य भण्डारणका विषयमा चनाखो हुनुपर्ने वुढाको भनाई छ ।

हाल जिल्लाका तीन स्थानमा खाद्यान्न भण्डारणकको प्रस्ताव गरेको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख तीलक वलीले जानकारी दिए । जिल्लाका माडी, परिवर्तन, थवाङ र गंगादेव गाउँपालिकालाई लक्षित गरि घर्तीगाउँमा डिपो राख्ने प्रस्ताव गरिएको छ । यसैगरि सुनिल स्मृती,लुंग्री र सुनछहरी गाउँपालिकालाई लक्षित गरेर सुलिचौरमा अर्को डिपोको प्रस्ताव गरिएको छ । दाङ संग सिमाना जोडिएको रुन्टीगढी र सल्यान संग सिमा जोडिएको त्रिवेणी गाउँपालिकाको लागी दहवनमा डिपो प्रस्ताव गरेका छौ कार्यालय प्रमुख वलीले भने । सदरमुकाम समेत रहेको रोल्पा नगरपालिकामा भने नेपाल खाद्य कम्पनीको लिवाङमा रहेको डिपोले नै सेवा प्रवाह गर्ने प्रस्ताव गरिएको छ ।
१ लाख ७५ हजार ९२८ हेक्टर क्षेत्रफलमा फैलिएको रोल्पामा ४० हजार ९२७ हेक्टर जमिन मात्रै खेतियोग्य रहेको वताईन्छ । खेतीयोग्य जमिन मध्य हाल ३१ हजार ४९६ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुदै आएको कृषि ज्ञान केन्द्र रोल्पाले वताएको छ । खेती गरिएको जमिन मध्ये ४ हजार ७१५ हेक्टर खेत र २६ हजार ७८१ हेक्टर जमिन पाखो रहेको छ । जिल्लामा ३ हजार ९३० हेक्टर जमिनमा मात्रै सिचाई सुविधा पुगेको छ । २ हजार ५५४ हेक्टर जमिन अर्धसिंचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission