© २०२३
चन्द्रौटा(कपिलवस्तु), १४ बैशाख ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सम्पन्न तेस्रो अधिबेशनले लेखनाथ घर्तीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको दुई उपाध्यक्षमा रेशम ढकाल र हरि प्रसाद खनाल सर्बसम्मत निर्बाचित भएका छन् ।
संस्थाको महासचिवमा पदम ढकाल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा ध्रुव प्रसाद भुसाल निर्बिरोध निर्बाचित भएका छ्न् । यसैगरी अधिबेशनबाट राधा थापा, कमला आचार्य, बैकुण्ठ बेल्बासे, माधव पोख्रेल, नवराज न्यौपाने, हुमनाथ पौडेल, खिमकुमार श्रेष्ठ, बाबुराम खत्री, कृष्णप्रसाद गैरे र कमल राज पन्थी सदस्य पदमा निर्बिरोध निर्बाचित भएका हुन् । यस्तै संस्थाका पूर्व अध्यक्ष गोपाल बहादुर खत्री पदेन सदस्य रहेका छन् ।
कार्यक्रममा नवनिर्बाचित अध्यक्ष लेखनाथ घर्तीले आफ्नो कार्यकालमा संस्थाका हरेक गतिबिधिलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने प्रतिबद्धता जाहेर गरे । जिल्लाका सम्पूर्ण होटल ब्यवसायीको हकहितका लागि आफू र आफ्नो टिम कटिबद्ध भएर लाग्ने समेत नवनिर्बाचित अध्यक्ष घर्तीले प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडा, पूर्व अध्यक्ष गोपाल बहादुर खत्री लगाएतले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी