ट्रेंडिंग:

>> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै

छुवाछुतविरुद्ध कुर्बानी

४ असार २०७७, बिहीबार
४ असार २०७७, बिहीबार

जीवन एक रथ हो भन्छन् । पुरुष र महिला सोही रथका दुई पाङ्ग्रा रे । रथ कति ठाउँमा बिग्रन्छ, कति दुरी यात्रा तय गर्छ कति पटक दुर्घटनामा पर्छ, कहाँ गएर रोकिन्छ, अनि कहिले चल्नै नसक्ने भएर लिलाममा जान्छ ? यी सब कुराहरुको पूर्वानुमान कसैलाई हुँदैन । मानव जातिले पनि सोही नियती भोग्नुपर्छ । भर्खर हेलो, हाय गरेको व्यक्ति क्षणभरमै अस्ताउन सक्छ । अनित्य जीवनको भर छैन । यो महत्वपूर्ण जीवन केही निहुमा रथ बिग्रेजस्तो गरी सदाकालागि थन्किन्छ । यो प्राकृतिक प्रकृया हो । जीवन रहँदासम्म मानिसले बिभिन्न वाधा अड्चनसँग सिँघौरी खेल्छ । राम्रा, नराम्रा दिनहरु ब्यहोर्छ । अन्त्यमात सबैको बाटो उही नै हो । तथापि केही जीवनका अन्त्यहरु सारै पीडादायी हुँदारहेछन् जो रुकुममा हुनपुग्यो ।

यस्तै जीवन लिइर एक्काइस वर्ष पहिले जाजरकोटमा नवराज वि.क.को जन्म भयो । कति सुन्दर नाम । नवराज । अनि कति सुन्दर थर विश्वकर्मा । कतिपयले इष्र्या गर्न योग्य नाम र थरसमेत । टिनएज कटेर भर्खर युवामा प्रवेश गर्दै गरेको कल्कलाउँदो केटा । उनले जीवनमा धेरै कुरा गर्न बाँकी नै थियो । तर पूर्णविराम लाग्नपुग्यो । नवराज र अन्य पाँचजनाको जीवनको रथ अनायास यसरी अन्त्य हुन्छ भनेर सायद सृष्टिकर्ताले समेत आँकलन गर्न सकेका थिएनन् होला । हामी मानवले त यस्तो सारै अस्वाभाविक जीवनको अन्त्य कल्पना समेत गर्न सक्ने सवाल भएन । पहिलो सुनाइमा उनीहरुको सामुहिक मृत्यु पत्यार लाग्दो छैन । तथापि त्यो कटु सत्य नै थियो ।

नवराजको गल्ति चाहीँ के थियो ? के मानिस हुनु, दलित हुनु उसको गल्ति हो ? मानिस भएर जन्म लिएपछि माया, प्रेम, विवाहजस्ता सामाजिक कुराहरुमा जो कोही पनि सहभागी हुन्छ । नवराजले पनि आफूभन्दा केही सानो उमेरकी केटीसँग प्रेम गर्यो । केटीले पनि उसलाई प्रेम गरिन् । उनीहरुको प्रेमले सामाजिक कुरीति सिर्जना गरेको पनि थिएन । संविधान, कानुन मिचिएको पनि थिएन । विवाह गर्ने उमेर भएपश्चात सायद उनीहरु विहे पनि गर्थे होला । चाहना नभए बिहे नगर्न पनि सक्थे । तथापि त्यो दिन आउन सकेन । त्यो दिन आउनु पहिलै नवराज सँगै आएका अन्य छ जनालेसमेत उसको मायाको नाममाजीवनको आहुति दिनुपर्यो । बिना कुनै कारण अकल्पनीय, दर्दनाक मृत्युको सामना गर्नुपर्यो ।

घटना भएको ०७७ जेठ दश गते साँझ थियो । त्यो दिन ती नौजवान केटाहरुको लागि काल बनेर आयो । भिडन्त नै हुने छनक पाएको भए सायद उनीहरु सोही तरिकाले सुसज्जित भएर आउँथे होला । वा नआउँथे होला । उनीहरुलाई जीवनको पाना सकिएको आभास भएको भए मर्न त्यहाँ किमार्थ आउने थिएनन् । आएकै भएपनि जीवन जोगाएर फर्कन सक्ने गरी आउँथे । भाग्ने सम्म भए पनि तयारी गरेर आउँथे । एकै छिवलका नवराजहरु अन्यथा केही नसोचेर दामलको पे्रमिकालाई भेट्न आए । आएर पनि उनीहरु कसैमाथि जाई लागेका रहेनछन् । वातावरण प्रतिकुल हुने छनक पाएपछि फर्केर लुरुलुरु आफ्नो बाटो लागेछन् । तर उनीहरुमध्ये छ जनाको घर पुग्ने पाइलामा पूर्णविराम लाग्यो । उनीहरुको जीवन लिला सकियो । त्यो दिनको यात्रा मृत्युञ्जय बन्न पुग्यो ।

नवराजले प्रेमको नाममा आत्मदाह गरेको हैन । उसले जीवनसँग हार खाएर आत्महत्या गरेको पनिहैन । उ मायाको खातिर भेरीमा हेलीएको हैन । उस्ले फिल्मी शैलीअपनायको पनि हैन । उ त मायाको खातिर बाँच्न चाहन्थ्यो । अन्तिम समयसम्म । बाँच्न धेरै नै कोशिस गर्यो । मर्ने नै सोच भएकोले मलामी साथमा लिएर जाँदैन । नदिमा हामफालेर मर्न उन्नाइसजना साक्षि चाहिँदैनन् । मानौं कि एकछिन एउटा बहुलायो भने पनि अरु थप पाँचजना उसको साथमा कहिल्यै जानाजान मृत्यु अँगाल्दैनन् । यसबाट उ मर्न हैन बाँच्न चाहन्थ्यो । तथापि बाँच्न सक्ने चाहनालाई निमोठियो ।

उ जातिवादी पनि हैन । जातीय छुवाछुतको त उसले अन्त्य गर्न लागिपरेको थियो । जातीय छुवाछुतलाई प्रश्रय दिने त यो समाज हो । यो समाजको मृत परम्परा हो । समाजका अझ जानेबुझेका वर्ग हुन् । जातिवादी त उसलाई मृत्युमा धकेल्नेहरु हुन् । उ त अन्तिम प्राणवायु जाँदासम्म पनि जातीय छुवाछुत विरुद्ध संघर्षरत थियो । उ त जातीयताको वकालत गर्नेहरुको मुकुण्डो उदाङ्गो पार्नेतर्फ उन्मुख थियो । उ त यस समाजको कथित अन्ध परम्पराको विरुद्ध जुध्न भिड्न तयार थियो । उ समाजलाई अग्रगमनतिर लैजानु पर्छ भन्ने पक्षमा थियो । संविधान, कानुन, मानवअधिकार, राष्ट्रिय÷अन्तर्राष्ट्रिय मानवीय मुल्य, मान्यताको रक्षाको लागि संघर्षरत थियो । त्यसैले नवराज समाज परिवर्तनको प्रतिनिधिमुलक पात्र थियो ।

यस घटनाबाट एउटा गम्भीर प्रश्न उठेको छ । कहिलेसम्म अधिकारहरु बाउन्स चेकका रुपमा दिइरहने ?आजको समुन्नत समाजमा कलिला नवराजहरुले जातका नाममाजीवनको वली चढ्नु पर्ने हो भने हिजोका समानताका आन्दोलनहरु केकालागि थिए ? अझ माओवादी जनयुद्धको केन्द्र रुकुममा नै यस प्रकारको घटना घट्नु सारै पीडादायी मात्र हैन लज्जास्पद विषय हो । सयौँ वर्षदेखिको यहि उत्पीडनको अन्त्य गर्न कैयन् शहादत भए । के त्यो कुर्वानी नवराजहरुको जातियताका नाममा देह लिला लिनको लागि हो ? के हिजोका आन्दोलनहरुको यहि दिशानिर्देश थियो ?

लिखतहरुको कसलाई वास्ता ? संविधानको धारा २४ (३) मा उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछुतको आधारमा सामाजिक भेदभाव वा जातीय विभेदलाई गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने कुरा प्रष्ट लेखिएको छ । त्यसैगरी धारा २५६ मा जातीय छुवाछुत, उत्पीडन र विभेदको अन्त्य गरी दलित उत्थान र विकासका लागि राष्ट्रिय दलित आयोगको गठन गर्ने संवैधानिक व्यवस्था छ । खै संवैधानिक व्यवस्थाको व्यवहारीक प्रयोग ? खै आयोगको क्रियाशिलता ? उद्धेश्य च्यूत भई पदकालागिमात्र मरिहत्ते गर्ने हो भने यस्ता आयोगहरु तुरुन्त खारेजी गरनिुपर्छ । बरु त्यसबाट देशको ढुकुटी बच्न जान्छ ।

यहाँनिर अमेरिकामा अहिले चर्चामा रहेको भएको घटना जोड्नु सान्दर्भिक लाग्यो । त्यहाँको प्रहरीले घाँटी थिचेर हत्या गरिएको जर्ज फ्लोयडले जसरी अन्तिम बेलासम्म म मर्न लागेँ, सास फेर्न सकिन भन्दै जीवनको भिख मागिरहेको थियो सायद नवराजको नियती पनि त्यही भएहोला । त्यहाँ सेता प्रहरीले काला जर्ज फ्लोयडको कुरा सुन्ने सवाल भएन । यहाँ जातियताका ठेकेदारहरुले नवराजको पुकार सुनेनन् । आज जर्ज फ्लोयडको हत्याले अमेरीका जलेको छ । नवराजलगायत छ जनालाई न्याय दिनु केवल व्यक्ति अपराधीलाई मात्र नभएर जातिय विभेदकारी विरुद्धलाई समेत दण्डीत गर्नु हो ।

तर यहाँ न्याय मर्नु भएन । यदि उनीहरुले न्याय पाएनन् भने हाम्रो समाजवादी सरकारको असली रुप जनताले देख्नेछन् । त्यतिमात्र हैन अमेरीकामा झै यहाँ आन्दोलनको उद्घोष नहोला भन्न सकिन्न । अनायास भेरीमा सकिएको नवराजलगायत अन्य छ जनाको आत्माले तब शान्ति पाउने छ जब पीडकहरुले सजाय पाउने छन् । आशा गरौँ न्याय मर्ने छैन । र अब आउने समयमा नवराजलगायतले छुवाछुत विरुद्ध गरेको कुर्बानीको समाजले उच्च मुल्याङ्कन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission