ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पंक्षीको बीमा गर्न किसानको माग

१८ पुष २०७५, बुधबार
१८ पुष २०७५, बुधबार

बीमा कम्पनीहरुले पन्छी बीमा गर्न नमानेको कुखुरापालक व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले पशुपन्छी बीमा निर्देशिका २०६९ जारी गरेको अवस्थामा बीमा समितिबाट जिम्मेवार तोकिएका बीमा कम्पनीहरुले गर्ने तर्फ चासो नदिएको व्यवसायीहरुको आरोप छ ।
पंक्षी व्यवसायीहरुले पन्छी बीमामा चासो नदिने बीमा कम्पनीलाई सचेत गराउन माग गरे । सोही क्रममा प्रदेश ५ की प्रदेश सांसद कृष्णा केसी नमुनालाई ज्ञापनपत्र बुझाउँदै पन्छी बीमागर्न इनकार गर्ने बीमा कम्पनीलाई उत्तरदायी बनाउन र समय सापेक्ष बीमा सम्बन्धि नियम कानुन बनाउन सरोकारवाला निकायको ध्यानार्कषण गराईदिन आग्रह
गरे ।
बीमा कम्पनीहरुले पशुहरुको बीमागर्ने गरेको भएपनि पन्छीको बिमागर्ने आनाकानी गर्ने गरेको उनीहरुको भनाई छ । पोल्ट्री दिवश २०७५ को कार्यक्रम संयोजक एवं व्यवसायी यज्ञप्रसाद सुवेदीले पन्छी व्यवसायीलाई अनुदान समेत नदिईएको गुनासो गरे । अन्य कृषि पेशामाअनुदानदिने भएपनि कुखुरा उत्पादनमा अनुदान नदिईएको भन्दै अब सरकारले अनुदानका साथै सुलभ र सरल किसिमबाट ऋण प्राप्तगर्ने वातावारण बनाउन माग गरे ।
कुखुरापालक व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले भरपर्दो प्रयोगशाला नहुँदा कुखुरामा कुनै जटिल प्रकारको रोग लाग्यो भने रोग निदान गर्न सक्ने कुनै उपाय नै नहुने अवस्था रहेको बताए । त्यसरी रोग समयमै निको नहुँदा लाखौंको क्षती व्यहोर्नुपर्ने अवस्था रहेको खत्रीले बताए । उनले बाँके र बर्दियामा सुविधा सम्पन्न प्रयोगशालाको निर्माण गर्न पनि सरोकारवाला निकायको ध्यानार्कषण गराएका छन् ।
कुखुरापालक संघ बर्दियाका अध्यक्ष महेशकुमार शाहले भारतीय सिमाक्षेत्रबाट हुने कुखुराको आयातमा कमी आएपनि नियन्त्रण हुन नसकेको भन्दै त्यसलाई रोक्न आग्रह गरे । उनले यसरी हुने अवैध ओसारपसार नियन्त्रण गर्न जरुरी रहेको पनि बताए । प्रदेश सांसद नमुनाले कुखुरापालक व्यवसायीको हितमा के कस्ता नीति निर्माण गर्नुपर्ने हो त्यसका लागि पहलगर्ने बताईन । उनले भनिन् ‘किसानको मर्म मैले बुझेकी छु । तपाईहरुका समस्या समाधानका लागि कहाँ के गर्नुपर्ने हो म पहल गर्छु ।’ उनले केन्द्र र प्रदेशको कृषिमन्त्री ५ नम्बर प्रदेशकै भएकाले समस्या समाधान हुनेमा बिश्वस्त हुनपनि आग्रह गरिन । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सिमा क्षेत्रबाट आउने अवैध कुखुरा नियन्त्रणमा रहेको बताउँदै अझ त्यसलाई कडाई गर्ने प्रतिवद्दता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?