ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

समूहमा तरकारी फलाउँदै महिला

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

१३ रोपनी जमिन भाडामा लिएर सल्यानमा दलित समुदायका महिलाहरूले सामूहिक तरकारि खेती गरेका छन् । कालीमाटी गाउँपालीकाका दलित समुदायका महिलाहरू तरकारी खेति तर्फ अग्रसर हुन थालेका हुन् । घरमा आम्दानीको रूपमा पेशा ब्यवसाय केहि नभएपछि पछिल्लो समय कालीमाटी ३ ढोरेनीका दलित समुदायका महिलाहरू मिलेर तरकारी खेति सुरु गरेका हुन् ।
पहिलो चरणमा ४८ क्वीन्टल तरकारी उत्पादन गरेर उनीहरूले ३ लाख ३६ हजार आम्दानी गरिसकेको भाबना बिकले बताईन । ७ जना दलित समुदायका महिला र ३ जना जनजाती महिलाहरू मिलेर छिमेकीको १३ रोपनी जग्गा भाडामा लिएर सामुहीक तरकारी खेति सुरु गरेका छन् ।
तरकारी खेति सुरु गरेपछि ति महिलाहरूले खैरेनी कवुलेयति ब्यवसायी तरकारी खेति समुह नै दर्ता गरेर १३ रोपनी जग्गाको बार्षिक ४२ हजार भाडा तिरेर समुहका महिलाहरू सामुहीक रूपमा खेति तर्फ आबद्ध भएका छन । २० जना समुहमा आबद्ध रहेका महिलाहरू मध्य १० जना महिलाहरू मिलेर २०७५ साल जेठ महिनादेखि खेति सुरु गरेको उनीहरूले बताएका छन् ।
पहिले घाँस दाउरा मात्रमा सीमित रहँदै आएका ति महिलाहरू जिबिका चलाउन कठिन भएपछि आफ्नो आयआर्जनको लागी तरकारी खेति तर्फ अग्रसर भएको तरकारी खेति गर्दै बिकले बताईन । अहिले टमाटर, बन्दा, काउली, सीमी, बोडी लगायतका तरकारी उत्पादन गरिरहेका उनको भनाइ छ ।
‘पहिले तरकारी खेति गर्नुपर्छ भन्ने हामीलाई थाहा थिएन’, उनले भनिन, ‘जिल्लाका बिभिन्न संघ सस्थाले हामीलाई सहयोग पनि गरे, तरकारी खेति सम्बन्धी तालीम बिउबिजन उपलब्ध पनि भयो । अब ब्यवसायीक रूपमै तरकारी खेति तर्फ नै निरन्तर लाग्नै छौ ।’
अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएको अर्का तरकारी खेति गर्दै आएकी महिला सिता बिकले बताइन् । ‘पहिले घरमा फुर्सदमा रहेकाले आफुलाई दिन बिताउन गाह्रो हुने गथ्र्याे, ब्यवसायीक रूपमा तरकारी खेति गर्नु पर्छ भन्ने थाहा भएन,’ उनले भनिन, ‘बिभिन्न संघ संस्थाहरू बाट तालीम लिएको र घरपरिवारको राम्रो साथ पाएपछि यो पेशा रोजेका हौँ ।’
आफूहरू तरकारी खेतिमा संलग्न भएपछि सानोतिनो समस्या सजिलै टार्ने गरेको तरकारी उत्पादनमा संलग्न हरीकला परियारले बताईन । उनले भनिन् ‘सानो समस्या समाधानको गर्न लागी लोग्ने मान्छेका भर पर्नु पथ्र्याे, बिदेश बाट पैसा पठाउलान र केही काम गरौला भन्ने हुन्थ्यो । अहिले तरकारी खेति बाटै आम्दानी गरेर घरको खर्च टार्ने गरेकि छु ।’
उत्पादन गरेको तरकारी संकलन केन्द्रमा संकलन गरी जिल्लाको खलंगा, श्रीनगर, सल्लीबजार आसपासका साना ठूला बजारहरूमा माग अनुसार खपत हुने गरेको महिलाहरूले बताएका छन् । तरकारी खेतिको लागी दलित सेवा संघ सल्यान, लिर्बट लगायतका सस्थाहरूले ति महिलाहरूलाई प्राबिधिक सहयोग, तालीम, बिषादी, बिउबिजन सहयोग गरिरहेका छन । ती महिलाहरूले उत्पादन गरेको तरकारी संकलन र बजार सम्म पु¥यानको लागि संकलन केन्द्र स्थापना गरेर ढुवानी भाडा सहित उपलब्ध गराएको लिर्बटका कार्यक्रम संयोजक युबराज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?