© २०२३
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ दोभान नुवाकोटमा प्रदेश सरकारले उजिरसिंह पार्क बनाउने भएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मानिएको सो स्थानमा सरकारले दीर्घकालिन योजनासहित पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने योजना बनाएको हो ।
प्रदेश नम्बर पाँचको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७५÷२०७६ मा उजिरसिंह पार्क बनाउन ३० लाख रूपैयाँ विनियोजन भएको छ । पार्कमा सेनवंशीय राजाको शालिक स्थापना गरिनेछ । पार्कलाई आर्कषक बनाउन विभिन्नजातका फुलहरूबाट बगैंचा निर्माण हुने छ । त्यसका लागि स्थानीय सरकार, स्थानीय सामाजिक तथा सरकारी संस्थाहरूको अग्रसरता रहने छ । पार्क निर्माणका लागिनुवाकोट विकास समितिका सचिव केहरसिंह खड्काको संयोजकत्वमा सात सदस्यीय निर्माण समिति गठन भइसकेको छ । स्थान छनौट, निर्माण समिति, अनगुमन समिति लगायतकाऔपचारिक निर्णय गर्न पुगेको प्रदेश सभा सदस्य माननीयबसन्त घर्तिमगरको टोलीले नुवाकोटको स्थलगत अध्ययन सम्पन्न गरेको छ ।
उनले नुवाकोटमा उजिरसिंहले रणकौशल प्रदर्शनका लागि तालिम गर्ने गरेको, आफ्ना सेनाहरूलाई आवश्यक मार्गनिर्देशनका लागि तयारी अवस्थामा राख्ने थलो भएको र बुटवलमा अंग्रेजसंग लड्नका लागि आफ्नो टोलीलाई सक्षम बनाउने थलोको रूपमा प्रयोग गरेको हँुदा नुवाकोटको ऐतिहासिकता कसैले मेट्न खोजेर नमेटिने बताए । तिनाउ गाउँपालिकाका प्रमुखओम बहादुर घर्तिमगरले आफूहरूले नुवाकोटको गरिमा र महिमालाई उचो राख्ने खालको कार्यक्रमहरू अघि सारेको र उजिरसिंह पार्क बनाउन समेत आर्थिक भौतिक एवम् नैतिक सहयोग गर्न सकिने बताए । कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, दोभान एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङ, तिनाउ सवडिभिजन वन कार्यालयका चन्द्र भाट, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल लगायतले नुवाकोटको ऐतिहासिकता र पर्यटकीय महत्वपूर्णलाई झल्काउनका लागि नुवाकोटमा प्रस्ताव गरिएको उजिरसिंह पार्कले महत्वपूर्ण अर्थ राख्ने भएको हुँदा तोकिएको रकममा तोकिएकै समयमा सम्पन्न गर्न सबै सरोकारवालाहरू निरन्तर रूपमा क्रियाशील रहुनु पर्नेमा जोड दिएका छन् । नुवाकोट गाउ समुद्री सतहदेखि एक हजार दुई सय मीटर उचाइमा पर्छ । यो गाउँमा भैरवबाबाको मन्दिर छ । मन्दिरको नजिकै तत्कालीन सेनबंशीय राजाको भग्वनावेश दरबार छ । à