© २०२३
अग्लो पहाडको टुप्पोमा घना लोकाली जंगल । जंगलको बिचमा कञ्चन जलाशय अनि त्यही जलायशको छेउमा ठुलो चौर । लाग्छ, यो भन्दा सुन्दर, शान्त र मनोरम स्थल अन्त कतै छैन ।
जताततै हरियो कार्पेट बिछ्याएझैं लाग्ने प्राकृतिक वातावरण । स्थल हो रुकुम मुसीकोटको ठुली दह क्षेत्र । आवश्यक प्रचार–प्रसार हुन नसक्दा प्रकृतीको अनुपम उपहार यस क्षेत्रकाबारे सबैलाई जानकारी हुन सकेको छैन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ७ साँखमा पर्ने ठुली दह क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ, धार्मिक मान्यताले पनि यो क्षेत्रलाई तपोभूमि मान्ने गरेको स्थानीयहरू बताउँछन् ।
घना जंगलको बिचमा लगभग चारहजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्र समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको छ । मध्यपहाडी लोकमार्ग हुँदै रुकुम पश्चिमको मुसीकोट र पूर्वको रुकुमकोटबाट सजिलै साँखगाउँसम्म पुगेपछि लगभग एक घण्टा जति करिब तिन किलोमिटर उकालो चढेपछि ठुली दह पुगिन्छ । यहाँ पुगेपछि एक घण्टाको उकालोको थकाई त हराएर जान्छ नै यति सुन्दर स्थलमा घुम्न पाएकोमा मन चंगापनि हुन्छ । सदरमुकाम मुसीकोट देखि नजिकै भएर पनि प्रचारप्रसार नभएको र विकासमा समेत पछाडी परेको यस स्थानलाई आवश्यक विकास र बिस्तार गरि पर्यटकको आवागमनलाई बढवा दिनमाग गर्छन् स्थानीय पुर्णबहादुर बुढा । ‘यो हामी साँखबासीका लागि महत्वपूर्ण स्थान हो । हामी हाम्रा कुरा देवता उत्पति भएको स्थलको रूपमा यस स्थानमा आएर हरेक पूजा गर्छौ ।’ उनले भने, ‘अब यो ठाउँलाई सबैमा झचिनाउन आवश्यक छ । त्यसका लागि यहाँसम्म आउने सडक निर्माण गर्नु पहलिो आवश्यकता हो ।’
दहको छेउमा रहेको ठूलो चौरलाई क्रिकेट मैदानका लागि विकास गर्न भनेर आर्थिक बर्ष ०७३÷०७४ मा संसद विकास कोषबाट १० लाख विनियोजन गरिएको वडा नं. ७ का वडा अध्यक्ष हिमबहादुर पाण्डेले जानकारी दिए । तर, उक्त रकमले यस स्थानमा कुनै विकास भएको भने पाइँदैन । साँखगाउँसम्म आएको मध्यपहाडी लोकमार्गको छेउबाट चक्सारी सम्म करिब एक किलोमिटर सडकको ट्रयाक खोल्ने काम भैसकेको भने बाँकी दुई किलोमिटर सडक निर्माण गरी दह स्थलसम्म नै गाडी पु¥याउने गरी काम थाल्न योजना बनाएर लाग्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ । ‘यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आवागमनलाई बढाउन सडक पाहिलो आवश्यकता हो ।’ उनले भने, ‘यसका लागि नगरपालिका मार्फत यस योजनामाग गरेर सडक निर्माणलाई अगाडी बढाउँछौं ।’
लेकाली क्षेत्र भएकाले बाह्रै महिना चिसो हुने ठुलीदह क्षेत्र घुमघामका लागि भदौंदेखि कार्तिकको पहिलो सातासम्म र वसन्तीयाम अर्थात् चैत देखी जेठसम्मको मौसम सबभन्दा उपयुक्त हुने स्थानीयहरू बताउँछन् । बर्षायाममा आकाशे पानीका कारण भरिलो देखिने ठुली दह अरू बेला भने केही घट्ने गरेको छ । यसका लागि सानीभेरीबाट लिफ्ट मार्फत पानी जम्मा गरेर साँखगाउँका खेतमा सिंचाई पनिगर्ने बृहत योजना समेत स्थानीय सरकारको रहेको वडा अध्यक्ष पाण्डेको भनाइ छ । उनका अनुसार यो योजना सम्पन्न गर्न भने करिब दश करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस ठाउँमा ठुली दहसँगै वरीपरी अरू सा–साना सहायक दहहरू पनि रहेका छन् । सडक र अन्य भौतिक विकासलाई अगाडी बढाउन सके र प्रचारमा ल्याउन सके भिजिट नेपाल–२०२० का लागि रुकुम मुसीकोटको ठुली दह क्षेत्र पनि एउटा गन्तव्य हुनसक्छ ।
à