© २०२३
दिपक रोका
आजभोलि संघीय राजधानी काठमाडौँका बिजुलीका पोलपोलमा हाम्रा प्रधानमन्त्रीको फोटाहरू छाएका छन् । बिगहाउस मिडियाका पहिलो पेज वा जकेट कभरमा पनि ठूला ठूला तस्वीरमा प्रधानमन्त्रीकै फोटोहरू छापिएका छन् । अन्य सञ्चार माध्यामहरू मार्फत पनि यसको विज्ञापन प्रकाशन र प्रसारण भइरहेका छन् । वास्तवमा यो किन ? भनी सबैले प्रश्न उठाइरहेका छन् । अझ भनौं देशको पैसा अनाहकमा खर्च गरेको देख्दा जो कोही नेपालीले सरकारको उछित्तो काडेका छन् । सडकमा मानिसहरू कौतुहलता ब्यक्त गर्दै छन् कि सरकारलाई यस्ता अनावश्यक सल्लाह चाहीँ कसले दिन्छ ? यस प्रकारका खर्चिला विज्ञापनले कुनचाहीँ नेपालीलाई खुसी पारेहोला ? कुनचाहीँ जागरुक नेपालीले यस्तो शैलीकोे सराहना गरेहोला ?
सडक देखि पत्रपत्रिकाका सारै महंगा ज्याकेट कभरमा समृद्धी, संघीय राजधानीबाट प्रकाशन हुने धेरैजसो पत्रिकाका पेजहरू एउटै विज्ञापनले पोतिएका छन् । हामीलाई ज्ञात नै छ कि राष्ट्रिय पत्रिकाहरूको पहिलो पृष्ठ वा ज्याकेट कभरको विज्ञापन शुल्क कति महंगो छ भनेर । यहाँनिर सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको विरोध कसैबाट गरीएको भने होइन । कार्यान्वयनमा आएमा यो कार्यक्रम सही छ । जनताको पक्षमा नै छ । शैलीको खण्डन गरिएको हो । यस्तो शैलीले सरकार मितव्ययी छ भन्नेमा पर्याप्त शंका उब्जेको छ । यसको जवाफ अब आउने दिनमा सरकारले दिन सक्नुपर्छ ।
आज गणतन्त्र ल्याउनका लागि निशस्त्र लडाइँ लडेर सहादत पाएका प्रायः शहिद परिवारहरू जहाँको तहीँ छन् । माओवादी जनयुद्धमा होमिएर ज्यान गुमाएकाहरूले समुचित न्याय, आर्थिक लाभ पाउन सकेका छैनन् । सोही जनयुद्धमा अयोग्य भनी विल्ला भिराइएका लडाकुहरू आज आत्मदाहको चेतावनी दिँदै हिँडिरहेका छन् । गरीबीको प्रतिशतमा कमी आएको छैन । नेपालका अधिकतम ठाउँमा अहिले पनि न्यूनतम पूर्वाधारहरू पुग्न सकेका छैनन । अनि हाम्रो सरकार चाहीँ प्रधानमन्त्रीका बडेमानका तस्वीरहरू सडक, गल्ली, पत्रपत्रिकाको ज्याकेट विज्ञापन र अन्य संचार माध्यममा बाँडेर भएको ढिकुटी सक्ने दाउँमा देखिन्छ ।
नेपाली जनताले सरकारले योजना गरेका पचास प्रतिशत पनि काम गरेर देखाएमा बिजुलीका पोलमा हैन, प्रधानमन्त्रीज्यूलाई मनमा राख्ने थिए । बिज्ञापन नै दिनु पर्ने थिएन । ती सब कुराहरू स्वतः प्रत्येक पत्रिकाको पहिलो पुरा पृष्ठमा निःशुल्क समाचारका रूपमा आउँथे । धनी वर्गले पत्रिका वा मिडिया मार्फत बिस्तृत अध्ययन गर्थे त । गरीव जनताले व्यवहारमा नै अनुभुति गर्थे । सबैलाई थाहा भइहाल्थ्यो । यहाँ त स्वस्थानी ब्रतकथामा पार्वतीले शिव पाउन पुजा गरे झँै समृद्ध नेपालको लागि प्रधानमन्त्रीका फोटाहरू बाँडिएका छन् । मानौँ कि यो एक महंगो पुजा हो जो पछि यसको ब्याज स्वरूप फल पाइन्छ ।
वास्तवमा स्तम्भकारलाई पनि एक पटक सरकारलाई वधाइ दिन मन लाग्यो । त्यो यस मानेमा कि कमसेकम जनताले समृद्धि भोग्न नपाए पनि संचारका माध्याममार्फत सुन्न र देख्न त पाए । दुई तिहाइको सरकारको उपहार नेताहरूले ऐश आरम गर्ने महल पाए, पजेरो पाए, सांसद, मन्त्री पद पाए, कसै कसैले त राम्रै कमाए । इतिहासमा फोटो थपे । अवसरको धेरैले दुरूपयोग गरे । नेपालीले पनि त केही पाए नेपालीले महंगी पाए, बेरोजगारी पाए, बेथिति पाए, गरिवि पाए, असुरक्षा पाए, विभिन्न प्रकृतिका हिंसा पाए, अन्याय पाए, युवाहरू विदेशीने पर्याप्तअबसर पाए, यतिका कुरा त पाए । गर्दागर्दै आज प्रधानमन्त्रीको बडेमानका फोटाहरू घरघरमा पाए । सौभाग्य नै त हो । इतिहासमा कहिल्यै नभएको चिज त पाए कमसेकम । त्यसैले नपाएकै भन्नु गलत हो ।
सरकार कसको लागि काम गर्दैछ भन्ने कुराले वास्तवमा अन्योल छाएको छ आज यो विज्ञापन प्रकाशनबाट । लोकतन्त्रमा समर्थन, विरोध, नारा, जुलुस भइरहन्छन् । कतिपय राम्रा कुराहरूको पनि आलोचनात्म समर्थन वा विरोध नै गर्ने परम्परा संसदीय व्यवस्थामा छ । विपक्षीहरूका विभिन्न स्टन्ट हुन्छन् । तथापि सरकारले जनतालाई रिझाउन सके विरोधको कुनै तुक हँुदैन । सरकार जिम्मेवार ढंगले अगाडि बढेमा जनताले अवश्य साथ दिन्छन् । दल हेरेर बस्दैनन् । त्यसको लागि सरकारको स्वार्थ देश निर्माणको पक्षमा हुनु पर्यो । जनजीविका उकास्नतर्फ हुनुप¥यो । राष्ट्र हितमा हुनु प¥यो । देशको गरीबि निवारण, बेरोजगार अन्त्य, भ्रष्टाचार निवारणमा हुनुप¥यो । अनि सरकारको स्वार्थ देशलाई अहिलेको पछौटे अवस्थाबाट वैतर्णी तार्नेमा हुनु प¥यो । कंक्रिट रूपमा नै हुनु प¥यो । आदर्शमा वा घोषणा, भाषणमा, पत्रिकाका कभर पेज र काठमांडौका बिजुलीका पोलमामात्र हैन ।
यसै सन्दर्भमा पूर्व राजाले बेलाबेलामा देशको बारेमा चिन्ता लिनु स्वाभाविक हो । उनी पनि यही देशको नागरिक हुन् । उनलाई पनि बोल्ने अधिकार छ । किनकि देशमा दुई तिहाई बहुमतको तानाशाही प्रजातान्त्रक गणतन्त्र छ । नेताहरूको भलाइको लागि भए पनि संसदीय व्यवस्था छ । धनीको गरीखाने माध्यमको रूपमा खोक्रो तर मानवलाई कहिल्यै अधिकार दिन नसक्ने मानवअधिकार छ । उत्कृष्ट तथापि कार्यान्वयन गर्नु नपर्ने एक थान जनताको रगतले ल्याएको संविधान छ । तर तिनै जनता जहाँको तहिँ छन् । २०४६ पछिका कुनै पनि सरकारले जनताको मन जित्ने काम गर्न सकेका छैनन् । जुन सरकार आए पनि उस्तै । हाल आएर दुई तिहाई सहितको सरकारले केही गर्लाकी भन्दा त जनताको पसिनामा आफ्नो प्रचार केन्द्रित पारेको छ । फोटाहरू प्रदर्शनी गरेर समृद्धिको भाषण ठोक्दै जनतालाई थाङ्नामा सुताइरहेको छ ।
त्यसैले होसियार ! नेताहरू हो । होसियार गणतान्त्रिक सरकार ! जनता इतिहासमा तिमीहरू प्रति बफादार भए भन्दैमा चिरकालसम्म दास बन्दैनन् । बन्न सक्दैनन् । उनीहरूलाई मालिक बनाउने सपना बाँड्नेहरू हो कम्तिमा नोकरकोसम्म जीविकोपार्जनको बाटो त देउ । गास, वास, कपास मात्र पुग्ने भए पनि रोजगारी सिर्जना गर्ने आँट गर । अनि देशको सम्पत्ति खर्च गर्दा झन् होसियार बन । देशको सम्पत्ति तिम्रो बपौती हैन । बिचार पु¥याएर उत्पादनमूलक काममा खर्च गर । सडकमा वा संचार माध्याममाभन्दा गरीवको दैलोमा समृद्धि ल्याउ । पत्रिका पढ्ने वर्ग त खानपुग्ने भित्रै पर्छन् । तर जसलाई माथि उठाउन विज्ञापनमार्फत योजना ल्याइएको हो उनीहरूसम्म न पत्रिका पुग्छ । न उनीहरू पढ्न सक्षम नै छन् । à