© २०२३
नेपालको ईतिहासमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिईएको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नितीगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमको आयोजना श्रम तथा रोजगार कार्यालय सुर्खेत गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालको ईतिहांसमा सरकारले कहिल्इै रोजगारलाई प्राथमिकता दिएको थिएन । तर अव यसको अन्त्य हुनेछ ।
उनले भने, ‘हामी नेपाली युवाहरूलाई नेपालमै सिप देशको विकास गर्न चाहान्छौं । जसले गर्दा खांडिमा गएर पसिना बगाउने बाध्यताको समेत अन्त्य हुनेछ ।’ नेपालको ईतिहांसमा यसअघि कहिल्यै पनी रोजगारलाई सरकारले प्राथमीकता नदिएको भन्दै मन्त्री विष्टले यो सरकारले रोजगारीलाई पहिलो प्राथमीकतामा राखेर काम गरिरहेको बताए । उनले थपे ‘करिब ३ लाख युवाहरूलाई नेपालमै रोजगार दिनको लागी विभिन्न कार्यक्रमहरूको तय गरिएको छ । सबै श्रमीकहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा जाडेर अगाडि बढ्ने छौं ।’ अब नेपालमा कुनै पनी श्रम गर्ने नेपालीले सामाजिक सुरक्षा कार्यक्रम नपाउन अवस्थाको अन्त्य हुने मन्त्री विष्टको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली मैत्री रोजगारमा सरकारले जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जनताको आशालाई व्यवहारमा उतार्न आंफुहरू प्रतिवद्ध रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रम तथा रोजगार कार्यक्रयको उद्घाटन समेत गरिएको छ ।