© २०२३
कफि र सुन्तला उत्पादनको दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिएको गुल्मीमा पहिलो पटक कफिको सुपर जोन र सुन्तला जोनको कार्य क्षेत्र निर्धारण गरिएको छ । जिल्लामा कफि र सुन्तला उत्पादक कृषकहरूलाई उत्पादन, प्रशोधन र व्यवसायीकरणका साथै बजार प्रवद्र्धन लगायतका क्षेत्रहरूमा सहयोग पुराउने उद्देश्यले उक्तक्षेत्र निर्धारण गरिएको हो ।
जिल्ला स्थित सरोकारवाला संघ संस्थाका र स्थानीय निकायहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा जिल्लाका मुख्यमुख्य उत्पादनशील क्षेत्रहरूलाई समेटेर सुपरजोन र जोनको कार्यक्षेत्र निर्धारण गरिएको हो । निर्धारण गरिएका जोनका कार्यक्षेत्रहरू मध्य कफिमा १२ वटा स्थानीयतहका मुख्यमुख्य पकेट क्षेत्रहरू र सुन्तलामा ८ वटा स्थानीयतहका मुख्य मुख्य पकेट क्षेत्रहरू रहेका छन् ।
जस अन्र्तगत सुन्तला जोनका लागि रेसुंगा नगरपालीका अन्र्तगत ४ देखि ७ सम्मका वार्डहरू, मुसिकोट नगरपालीकामा ८ र ९, धुर्कोट गाउँपालीकाका १, २, ३, ५ र ६ गुल्मी दरवार गाउँपालीकाका २, ३ र ४ छत्रकोट गाउँपालीकाका ३ र ४ मदाने गाउँपालीकाका ४, ६ र ७ कालीगण्डकीगाउँपालीकाका २ र ३ र चन्द्रकोट गाउँपालीकाअन्र्तगत ५ र ६ नम्बर वडाहरू रहेको रहेको प्रधानमन्त्री कृषिआधुनिकिकरण परियोजना सुन्तलाजोन का प्रमुख नयनबहादुर यादवले जानकारि दिए ।
सरोकारवालाहरूले कफिजोनको लागि पनि जिल्लामा क्षेत्र निर्धारण गरेकाछन् । यसरी निर्धारण गरिएका स्थानीय तह र वडाहरूमा रेसुंगा नगरपालिका अन्तर्गत १०, ११ र १४, मुसिकोट नगरपालिकामा २ र ६ वडाहरू अन्तर्गतवामी, आँपचौर, बडागाउँ र अर्लाङ्गकोट, गुल्मी दरवार गाउँपालीका अन्र्तगत ३, ५, ६,७ र छत्रकोट गाउँपालिकाको १, ३, ४, ५ र ६ नम्बर वडाहरू रहेकाछन् ।
त्यसै गरिमदाने गाउँपालिकाका २ र ३, चन्द्रकोट गाउँपालीका अन्र्तगत ७, ८, १० र ११, धुर्कोट गाउँपालिका अन्र्तगत ४, इस्मा गाउँपालिका अन्र्तगत १, ३, ४, ५ र ६, मालीका गाउँपालीका अन्र्तगत ६, ७ र ८, रुरु गाउँपालीका अन्तर्गतका सम्पूर्ण वडाहरू, सत्यवती गाउँपालीका अन्र्तगत १ देखि ७ सम्मका वडाहरू र कालीगण्डकी गाउँपालीका अन्र्तगत १ र ५ नम्बर वडाहरू रहेको नम्बर वडाहरू रहेको रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कफि सुपर जोनका प्रमुख उमानाथ भण्डारीले बताए ।
गुल्मी जिल्लामा कृषिज्ञान केन्द्रको पछिल्लो तथ्यांक अनुसार २ सय ५ हेक्टर क्षेत्रफलमा व्यवसायीक कफि खेती र १२ सय ९७ हेक्टर क्षेत्रफलमा व्यसायीक रूपमा सुन्तला खेति हुँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख चक्रपाणी पन्थीले बताएका छन् । à