ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

चन्द्रौटा महोत्सवमा योग शिविर

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

कपिलवस्तुको चन्द्रौटामा यही मंसिर ६ गतेदेखि संचालित पाँचौं चन्द्रौटा महोत्सवमा पतञ्जली योग शिविर संचालन भएको छ ।
मंसिर ७ गते विहान ६ बजेदेखि दुई घण्टे पतञ्जली योग शिविर संचालन भएको हो । योग शिविर उद्घाटन गर्दै पतञ्जली योग समिति प्रदेश ५ का प्रभारी ९प्रमुख० सहायक प्राध्यापक प्रेम शाहले योगलाई जीवनशैली एवं जीवन पद्धति भएको बताएका छन् ।
जन्मिदा मानिस निरोगी भएर नै जन्मन्छ तर जीवन जिउने शैलीका कारण विभिन्न रोगको सिकार हुनुपरेको योग समिति प्रदेश प्रमुख शाहले उल्लेख गरे । उनले भने – “रोगी मानिसका लागि योग चिकित्सा पद्धति हो भने निरोगी मानिसका लागि साधना पद्धति हो ।” योग संकल्प, पुरुषार्थ, निरन्तरता र एकाग्रताले मात्र सम्भव भएको बताउँदै पहिलो सोंच नै सफलताको एकाग्रता भएको उनले बताए । योग शिविर उद्घाटन समारोहमा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य नै धन भएकोमा जोड दिए । स्वस्थ बन्न हरेक चिजको खाँचो परेझै जीवनलाई सरल, स्वच्छ, स्वस्थ बनाउन तथा समाज र राष्ट्रको सेवा गर्ने सन्दर्भमा योग अत्यन्त महत्वपूर्ण पाटो भएको नगरप्रमुख अधिकारीले उदृत गरे ।
यसैगरी योग शिविर उद्घाटनमा पतञ्जली योग समिति प्रदेश ५ का उपाध्यक्ष सहप्रभारी शारदा पोख्रेलले पाँच औंला मुखमा हाल्न सक्दासम्म योग साधना गर्नुपर्नेमा जोड दिइन् । जीवनमा हरेक कुरा गरेर पनि शरीरका लागि केही पनि छुटाउन नसक्नु ठूलो कमजोरी भएको उनले बताइन् । यसैगरी योग समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवालीले मानिस स्वस्थ र निरोगी रहन योग साधना आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा योग समिति प्रदेश ५ कोषाध्यक्ष मधुमालती अधिकारी, पतञ्जली योग समिति दाङका महासचिव विष्णु प्रसाद पुरी, कपिलवस्तुका संचार प्रभारी कृष्ण प्रसाद भट्टराई लगायत रोटरी क्लब अफ कपिलवस्तु, रोट्रयाक, इन्ट्याकका पदाधिकारी, शिवगढी इंगलिस स्कूलका बालबालिका, शिक्षकहरूको सहभागिता रहेको थियो । योग शिविर मंसिर १० गतेसम्म चल्ने बताइएको छ । शिविरमा ख्यातीप्राप्त प्रशिक्षकहरूद्वारा पतञ्जली योग सिकाउने आयोजक संस्था रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?