© २०२३
बुटवल,२७ फागुन । सत्ता गठबन्धन १० दलीय पुगेको छ । यसअघि गठबन्धनमा ९ दल रहेकामा प्रभु शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो ।
१० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसेको हो ।
१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी , नागरिक उम्मुक्ति , जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।