© २०२३
बुटवल,२४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्य सम्पादन समितिको वैठकमा राष्ट्रपति चुनावमा मतददान गर्ने र नगर्ने विषयमा मतभेद भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरु मतदान गर्नुपर्छ भन्ने पक्षमा थिए भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि योग्य नभएकाले तटस्थ बस्नुपर्ने मत जाहेर गरेका थिए ।
वैठकमा नेताहरुबीच मत भिन्नता भएपछि वैठक लम्बिएको थियो ।