© २०२३
बुटवल, २१ फागुन । माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।
सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले माओवादीले सत्ता स्वार्थले जनयुद्धको नाममा ०५२ सालपछि १७ हजार मान्छे मारेको आरोप लगाए ।
२०६२।६३ को जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रले घुंडा टेकेको र २०६५ सालमा संविधान सभाले गणतन्त्र घोषणा गरेको ओलीले स्पष्ट पारे ।