ट्रेंडिंग:

>> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’

रोहिणीमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

१९ फाल्गुन २०७९, शुक्रबार
१९ फाल्गुन २०७९, शुक्रबार

बुटवल,१९ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबीच भलिबल, विभिन्न विद्यालयकाका विद्यार्थीबीच एथलेटिक्स, कराँते लगायतका खेल हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विद्या प्रसाद यादवले कार्यक्रममा विभिन्न विद्यालयहरुको सहभागीता रहेको बताए । उनले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित गर्दै लैजाने बताए । उनले भने, ‘यो प्रतियोगितालाई निरन्तरता दिदै जानुपर्छ । ’
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिएको बताइन् । उनले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्ने बताइन् ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले आगामी दिनमा पनि खेलकुद प्रतियोगिता आयोजना गर्दै जाने बताए ।
समाजसेवी हरिद्वार हरिजनले पढाइसँगै खेलकुद पनि आवश्यक भएको र खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढाउने बताए ।
श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक रामसुरेश वर्माको स्वागत तथा रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष आविद अली पठान, ४ का अध्यक्ष तारानाथ यादव, ७ का अध्यक्ष अन्नान अहमद भाट, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा कराँते खेलाडीले खेल प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?