© २०२३
बुटवल,१८ फागुन । नेकपा एमालेका नेताहरूलाई नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा पुगेका थिए । दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सौहार्दपूर्ण वातावरणमा कुराकानी गर्ने आधार तयार भएको र फेरि पनि छलफल हुनसक्ने बताए ।
उनले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्ने परिस्थिति नरहेको जवाफ पार्टी अध्यक्ष माधव नेपालले दिएको प्रवक्ता खतिवडाले बताए ।
राष्ट्रपतिमा तत्काल आफूहरूले केही गर्न सक्ने अवस्था नभएपनि वार्ता र मित्रता विस्तारको प्रयास सकारात्मक रहेको बताए ।