© २०२३
बुटवल,१८ फागुन । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्।
प्रदेशसभा सदस्य सन्तोषीले प्रदेश प्रमुख तिलक परियारसामु प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएकी हुन्।
केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसँगै राप्रपाले एमाले वाहेकको दलबाट मुख्यमन्त्री भएका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइरहेको छ ।