© २०२३
बुटवल,१७ फागुन । प्रदेश नम्बर १ को नाम कोशी राख्न प्रस्ताव गरिएको छ ।
एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । ।
संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं १ प्रदेश सभा पहिलो संशोधन नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम ख १ संग २९५ को उपधारा २ बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कोशी कायम गरियोस् भनी प्रस्ताव दर्ता भएको हो ।
यसैबीच नेकपा एकीकृत समाजवादी र जसपाले भने किरात लिम्बुवान सगरमाथा प्रदेश प्रस्ताव दर्ता गरेका छन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।