© २०२३
नेपालगन्ज उपमहानगरपालिकामा घुम्ती शौचालय सन्चालन गरिने भएको छ । सुविधा सम्पन्न चारवटा शौचालय शनिबार नेपालगन्ज ल्याईएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत शरद पौडेलले जानकारी दिएका छन् ।
नेपालगन्ज—२३ मा निर्माणको अन्तिम चरणमा पुगेको ‘ल्याण्डफिल’ साईटको आयोजना अन्र्तगत रु ५९ लाखमा चारवटा घुम्ती शौचालय खरिद गरिएको हो । हात धुन मिल्ने सुविधा सहित एउटा शौचालयमा तीनवटा सम्म कोठाहरु छन् । इन्जनको सहायतामा शौचालय जता पनि लैजान मिल्छ । सार्वजनिक शौचालयको अभाव झेलिरहेको नेपालगन्जका लागि उक्त घुम्ती शौचालयले राहात दिने पौडेलले बताए । नेपालगन्जमा अहिले सार्वजनिक शौचालयको अभाव छ । शहरमा जनघनत्व बढिरहेपनि सार्वजनिक शौचालय नहुँदा समस्या सिर्जना भएको छ । बटुवाहरुलाई निकै सास्ती खेप्नुपर्ने देखिएपछि चौतर्फीरुपमा नेपालगन्जमा सार्वजनिक शौचालय बनाउन माग भएको थियो । उपमहानगरपालिकाले हाल भएका तर चालु अवस्थामा नभएका शौचालय सुचारु गर्ने र अन्य ठाउँमा नयाँ शौचालय बनाउने तयारी गरेको छ । तर जग्गा नै नपाउने ठाउँमा भने घुम्ती शौचालय राख्ने योजना बनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत पौडेलले अति भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार घुम्ती शौचालय राख्ने बताएका छन् । ‘कहाँ राख्ने भन्ने कुराको निर्णय गर्न बाँकी छ । अबको केही दिनमै बैठक बसेर यसको निर्णय हुन्छ ।’— पौडेलले भने । उनले अबको केही महिनामै फोहोर व्यवस्थापन गर्नका लागि बनाईएको ल्याण्डफिल साईट पनि काम सकिने बताएका छन् । à