© २०२३
बुटवल, १४ फागुन । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यस्तै आफूलाई विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले पनि पुनरावेदन गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न लागेको छ । पहिलो नम्बरमै पेसी चढेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा परेको छ ।
उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग २ अन्तर्गत यूएईमा सोमबारदेखि सुरू हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।