© २०२३
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले भेट गरेका छन् मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको हो ।
मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रूपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएका थिए । प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरूपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी मुख्यमन्त्रीले राजदुत बेरीलाई जानकारी गराए । भेटमा मुख्यमन्त्रीले प्रदेश पाँच मिनी नेपालको रूपमा रहेको भन्दै प्रदेशको विशेषताहरू बारे बताए । यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरू सबै प्रदेशका विशेषताहरू रहेको मुख्यमन्त्रीले राजदुतलाई जानकारी गराए ।
यो प्रदेश कृषिमा आत्मनिर्भर रहेको, आधुनिकीकरण र व्यवसायीकरण गर्दा खाद्यान्न निर्यात गर्ने अवस्थामा रहेको, प्रदेशमा शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको मोडल अघि सारेको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको मुख्यमन्त्रीले जानकारी गराएका थिए । भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा रोखकी थिईन् । उनले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
अमेरिकाले ३० वर्ष अघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पु¥याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकास विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताईन् उनले प्राविधिक शिक्षाको महत्वपूर्ण केन्द्र स्थापनाका लागि सघाउन आग्रह गरे । भेटमा राजदुत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराईा हुन । उनले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने बताईन् । । राजदुत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले राजदूत बेरीलाई धन्यवाद दिए ।
यस्तै, मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डिएफआइडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गरेका छन् । भेटमा रोजगार श्रृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ । चार वर्षे यो कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार अर्थमन्त्रालयसँग सम्झौता भइरहेको छ । त्यस अनुरूप यस प्रदेशमा प्रदेशको आवश्यकता, संभावना र क्षमताका अधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्ने बारेमा प्रारम्भिक छलफल भएको हो ।