ट्रेंडिंग:

>> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै

कानूनी दक्षता हासिल गर्ने कुरा

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

रितेश पन्थी
एउटा उक्ति प्रचलित छः कानूनको अनभिज्ञता क्षम्य हुँदैन । यसको अर्थ हो कानून सबैले जानेको हुनुपर्छ, कानून जानेको छैन भनेर कसैले उन्मुक्ती पाउन सक्दैन । नियमै थाहा थिएन भन्दैमा गल्ती गर्ने कोहि फुत्किन पाउँदैन । जसरी यो आगो हो भन्ने थाहा नपाए पनि त्यो छुनेलाई आगोले नपोली छाड्दैन । कानून पनि त्यही आगोजस्तै हो । जसको पोल्ने क्षमता तपाईंलाई थाहा नभए पनि वा भए पनि उत्तिकै कायमै रहन्छ । जस्तै कुनै बिदेशी नागरिकले नेपालमा आएर कसैको हत्या गर्यो भने त्यो बिदेशी नागरिक पनि सजायको दायरमा पर्छ । किनभने मान्छे मारेमा सजाय नहुने कानून भएको देश छैन । उसले कानून जानेको छैन भन्दै माफ वा छुट दिन मिल्दैन । दिइहाल्यो भने अरूले पनि तेस्तै गर्दा समाजमा अनियमितता र अस्थिरता उत्पन्न हुन्छ । तर, समस्या के भने सबैलाई कानूनको ज्ञान हँुदैन । किनभने यो सामन्य अध्ययनले जानिने कुरा पनि होइन ।
मान्छेको सभ्यताले फड्को मार्दै जाँदा यस्ता मनमुटाब, झैझगडा र अपराधिक क्रियाकलाप हँुदा के गर्ने भनेर नियम बनाए, कानून भनेको त्यही नियम हो । यो पढेपछि मानिस कानूनको ज्ञाता हुन्छ र अरूलाइ पर्दा के गर्ने भनेर सल्लाह दिन सक्छ । यसरी सल्लाह दिनु उसको पेशा हो । किनभने यहि गरेबापत उसले शुल्क पाउँछ । कानूनका यस्ता पेशा व्यबसायीलाई अधिबक्ता, न्यायाधिबक्ता र न्यायाधीश भनिन्छ । त्यस्तै कानून बनाउने र कार्यान्वयन गर्ने प्रशासनिक तहका जानकारहरू पनि हुन्छन् । तिनलाई चाहिँ कानूनका अधिकारी भन्नु युक्तिसंगत हुन्छ । त्यसै पनि यी कानूनका विशेषज्ञ र ज्ञाता अड्डा अदालत, महान्यायाधिबक्ताको कार्यलय तथा कानून मन्त्रालयजस्ता निकायमा खपत हुँदै आएको थियो । संघीयता र त्यसपछिको ३ तहका सरकार गठन भएपछिको संघीय नेपालमा झनै यस्तो जनशक्तिको व्यापक आबश्यकता भएको छ ।
अब देशलाई धेरै मात्रामा कानून जानेकाहरूको खाँचो परेको छ । किनभने हामीसँग तीन तहका गरि ७ सय ६१ सरकार छन् । प्रदेशको कानून मन्त्रालय लगायतका अन्य मन्त्रालयमा समेत कानूनको जानकार चाहिन्छ । जुन बिज्ञान र व्यबस्थापन पढ्नेले गर्न सम्भव छैन । कानून पढ्नेले नै गर्न सक्छ । त्यसैले सबैमा कानून जानेका र बुझेका मानिसको ठूलो आबश्यकता छ । यो आबश्यकता पूरा गर्न विद्यार्थीले कानून पढी दक्ष जनशक्तिको रूपमा आफुलाई बिकास गर्नुपर्ने देखिन्छ । बिगतमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा मात्रै कानून बिषय पढाइ हुन्थ्यो । अहिले भने त्यो अबस्था छैन । विद्यार्र्थीको चाप बढी भएकोले काठमाडौं बिश्वबिद्यालय, मध्यपश्चिम बिश्वबिद्यालय र अन्य बिश्वबिद्यालय अन्तर्गतका कलेजमा पनि पढाइन थालिएको छ । नयाँ पुस्तामा कानून शिक्षाप्रतिको झुकाव बढेकै हुनाले कानून पढाउने शिक्षण संस्थाहरू पनि बढेका हुन् ।
अहिले ल कलेजमा मात्र एल.एल.बी. तर्फ १२,००० जति विद्यार्र्थी भर्ना भएका छन् । यो आबश्यकभन्दा बढी भए पनि कानूनमा आकर्षण बढी भएरै भएको हो । व्याचलरको बी.ए.एल.एल.बी. तर्फ पनि त्यस्तै हजाराँै विद्यार्र्थीको आकर्षण छ, तर सिट सिमित छ । कानून समाज परिवर्तनका ठूलो माध्यम भएकाले यसको पालना गराउने काममा आफू लागि पर्ने कुरा कानून पढिरहेका अरू विद्यार्र्थीले पनि गरे । हुन पनि हो, नियम कानूनको पालना भएको समाजमा शान्ति र समृद्धिको बाटो खुल्छ । कानूनको कडा रूपले पालना हुने देश विकसित भएका छन् । यो नभएको देशमा र समाजमा अराजकता र जंगली राजले ठाउँ लिन्छ । यसो हुन नदिन कानूनी शिक्षा प्रचार गर्नु र यसको दक्ष जनशक्तिको उत्पादन गर्नु निकै जरुरी छ । कानून पढेका विद्यार्र्थीलाई धेरै अबसर पनि छ ।
संविधानको धारा २१७ को उपधारा १ अनुसार ‘कानून बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिती रहनेछ’ भनी लेखिएको छ । यसको आधारमा हेर्दा प्रत्येक स्थानीय तहमा ३ जना कानून अधिकृत चाहिन्छ । अदालतहरूले पनि निकै ठूलो मात्रामा जनशक्तिको माग गर्छ । त्यसैले कानून पढेका र पढिरहेका विद्यार्थी पछि खाली बस्नुपर्छ कि भनेर चिन्तित हुनु पर्दैन ।
कतिपयले कानून पढेर वकिल मात्र भइन्छ भन्ने गरेको सुनिन्छ । तर, कानून पढेर राजनीतिज्ञ, बिश्लेषक, संविधानबिद्, कानूनबिद्, शिक्षक, प्राध्यापक, मन्त्रालय र कार्यलयका कर्मचारी, सल्लाहकार, पत्रकार, लेखक, परिबिक्षाधीन अधिकृत, सांसदको सहयोगी, राजनीतिक सल्लाहकार, अध्यागमन प्रशासक र अन्य थुप्रै पदमा रही कार्य गर्न सकिन्छ । त्यसैले यसको क्षेत्र व्यापक छ ।
कानून आफैमा एक सामाजिक शास्त्र हो । यसको बेग्लै इतिहास, दर्शन र क्षेत्र छ । त्यसैले यसको अध्ययन र महŒव पनि बेग्लै छ । त्यसै हुनाले कानून पढे लेखेको जनशक्ति जुनसुकै समाजलाई जहिल्यै पनि चाहिन्छ । किनभने समाजमा झगडा, मनमुटाव र कलह सधैँ भइरहन्छ । अपराध नभएको कुनै समाज र कुनै समय कहिल्यै भएन, हँुदैन पनि ।à (लेखकः कानूनको विद्यार्र्थी हुन्)
riteshpanthi478@gmail.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission