ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

रानीमहल पहिरो र नदी कटानको उच्च जोखिममा,संरक्षणमा राज्य उदासीन

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

बुटवल, ३ फागुन ।  नेपालको ताजमहलको उपनामले चिनिने पाल्पा तानसेनको रानीमहलमा भ्यालेन्टाइन डे को अवसरमा रमाइला कार्यक्रमहरु भए । मंगलबार निकै तामझामका साथ गरिएको कार्यक्रममा त्यहां उपस्थित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु दिनभर कार्यक्रममा रमाए, खुशी साटासाट गरे । तर ऐतिहासिक र धार्मिक महत्व बोकेको रानीमहल पहिरो र कालिगण्डकी नदीको बेग (बहाव) का कारण उच्च जोखिममा परेकोबारे कसैको ध्यान गएन,चिन्ता र चासो भएन ।
पाल्पाको तानसेन नगरपालिका–१३ र पाल्पाकै बगनासकाली गाउंपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो ।
वि.सं. १९५० माई शिलान्यास भई १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा आकर्षक चारतले दरवार बनाउन लगाएका थिए ।
सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । तर यो महत्वपूर्ण सम्पदा संभावित प्राकृतिक विपत्तिको उच्च जोखिममा छ । रानीमहलको केही माथिबाट कालिगण्डकी कोरिडोर सडक निर्माणाधीन छ । सोही सडक निर्माणका क्रममा जथाभावी डोजर प्रयोगले वर्षायाममा ठाउंठाउंमा पहिरो झर्ने गर्छ । पहिरोले रानीमहल दरबार आसपासका भौतिक संरचनामा क्षति पुराइरहेको स्थानीय बताउंछन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ पनि रानीमहल उच्च जोखिममा रहेको स्वीकार्छन् ।
‘पहिरो र नदीको बेगले रानीमहल एकदमै जोखिममा छ’–श्रेष्ठले भने–‘नगरपालिकाको वजेटले पुग्दैन, यसको सुरक्षा र दीगो संरक्षणमा केन्द्र र प्रदेश सरकारको चासो र लगानी दुबै हुनुप¥यो ।’
रानीमहल दरबार तानसेन नगरपालिकामा र आंगन लगायत खाली क्षेत्र बगनासकाली गाउंपालिकामा रहेको हुंदा दुई पालिकाबीच रानीमहलको एकीकृत विकासमा बेला बेला समस्या समेत आउने गरेको छ । पार्किङ शुल्क र विभिन्न व्यवसाय सञ्चालन गर्न दिएर बगनासकालीले आम्दानी गर्ने गरेको छ ।
रानीमहललाई देशकै महत्वपूर्ण पर्यटकीय बनाउन सकिने आधारसहित ७ करोड रुपैयां बराबरको डीपीआर संघीय सरकारमा बुझाएको नगर प्रमुख श्रेष्ठले बताए ।
रानीमहल व्यवस्थापनको लागि दिइएको १० वर्षको स्वीकृति सकिन लागेकाले अवधि थप्न पनि माग गरिएको उनले बताए ।
पर्यटन व्यवसायी रचना पन्त रानीमहल जोखिममा रहेकाले यसको दीगो संरक्षणमा तीन वटै तहका सरकारको ध्यान जानुपर्ने बताउंछिन् ।
‘रानीमहललाई जोगाउन र ब्राण्डिङ गर्न सके विदेशी पर्यटक आकर्षित गरेर राम्रो लाभ लिन सकिन्छ, त्यसैले यसको संरक्षण पहिलो शर्त हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission