© २०२३
प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारी अराजक गतिविधि नियन्त्रण गर्न सबैसँग हातेमालो गर्नु आवश्यक रहेको बचाएका छन् । उनले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाई नहुने भन्दै यसमा आम जनसमुदाय सबैको साझा दायित्व भएको बताए ।
तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरू कानुनी कठघरामा ल्याएरै छाड्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।
‘पटका ल्याउन, बेच्न, पट्काउन केहि गर्न पनि पाइँदैन, यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद गरेका छौं ।’ पक्राउ परेकाहरूलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दा दर्ता भैसकेको उनले बताए । प्रदेश ५ मा ५० लाख जनसंख्याको लागि १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोहिपनि बिचलित हुनुहुन्न, कहिँकतै अबान्छित घटना हुन दिन्नौं,’ उनले भने । प्रदेश नं. ५ मा ठूला ब्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए । ‘सीमा क्षेत्रबाट ठूला ठूला ट्रक पनि छोप्यौं ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं, सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’ उनले प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नयाँ ठोस योजनामा नया नियम ल्याउँदै गरेको समेत जानकारी दिए ।
उपमहानगरहरूमा नो हर्न एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ । ‘यो प्रदेशमा मुख्य गरि लागू औषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रूपमा छन्, हामीले यस्लाइ न्यूनीकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’ à