ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दिदी–भाईको पुर्नमिलन

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

झपेन्द्र जीसी

विषय प्रवेशः- कार्तिक कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, औँसी, कार्तिक शुक्ल पक्षको प्रतिपदा र द्वितीया गरी पाँच दिनसम्म मनाइने पर्वलाई तिहार भनिन्छ । झिलिमिली बत्ती बालिने हुनाले यस पर्वलाई दीपावली पनि भनिन्छ । मृतकका देवता मानिएका यमराजले ५ दिनसम्म बिदा लिई बहिनी यमुनाको आमन्त्रणमा बहिनीकै घरमा बसेर मिठा मिष्ठान्न खाने, तास जुवा खेल्ने, देउसी भैलो भट्टाएर नाच्ने र अन्तिम दिन बहिनीले दाजु यमराजलाई टिका लगाइएदिएर मिठो मिष्ठान्नले स्वागत गर्ने हुँदा यस पर्वलाई यमपञ्चक पनि भनिने पौराणिक कथन रहेको छ । त्रयोदशीका दिनमा काग तिहार, चतुर्दशीका दिन कुकुर तिहार, आँैशिका दिनम गाई तिहार, लक्ष्मी पुजा र प्रतिपदाका दिन गोरु तिहार, गोवद्र्धन पुजा तिहार, द्वितीयाका दिन भाइ तिहारका रूपमा मनाउँदै तिहार मनाइन्छ ।
प्रतिपदाका दिन सम्पूर्ण नेवार समुदायले म्ह पुजा (आत्मपुजा) गर्दछन् । यसै दिन देखि नेपाल सम्बत्को सुरु भएको मानिन्छ । भारततिर दिपावलीको नामबाट यमपञ्चक वा तिहार पर्वका रूपमा मनाइन्छ । नेपालमा हिमालदेखि तराईसम्म, मेचीदेखि महकालीसम्म यत्रतत्र बसोबास गर्ने विभिन्न जाति र थरका नेपालीहरूले आआफ्नै मौलिक परम्पराअनुरूप तिहार पर्व मनाउने प्रचलन रही आएको छ । यस लेखमा तिहार पर्वका उत्पत्ति, आधार, मनाउने विधि प्रक्रिया, महत्व, उपयोगिता आदि विषयमा संङ्क्षेपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
पर्वको उत्पत्तिका सन्दर्भमाः
चाडपर्वको उत्पत्ति र विकासका सन्दर्भमा मुख्यतया ऋतुको स्वागत, उत्पादन, प्राकृतिक अर्थात कृषि, पशुपालन, अर्थव्यवसायमा सञ्चालन, विवाह, पद्धति, आगोको आविष्कार, भुमीको संरक्षण र महत्व जस्ता तत्वले महत्वपूर्ण भुमिका निर्वाह गरेको पाइन्छ । युवा, विवाह, युग्म विबाह र सगोत्रीय विवाहको अन्त्य र परगोत्रीय विवाह पद्धतिको सुरुवात भएपछि तीज पर्व र तिहार पर्वको उत्पत्ति भएको देखिन्छ । संगोत्रीय नाता कुटुम्बमा हुने विवाहको अन्त्य र परगोत्रीय विवाहको प्रश्नमा वकालत गरेको महाभारत आदिपर्व १२२ मा उल्लेख हुँदा प्राचीन विवाह पद्धति कस्तो थियो । त्यसबारे अमेरिकी समाजशास्त्री, एल मोर्गन फरकिका एङ्गलेन र हिमाली महादेशीय बैवाहिक प्रकृतिको विश्लेषण भने भारतीय समाजशास्त्री विश्वविख्यात नाथ राजवाडेले गरेका छन् ।
आगोको आविस्कार भएपछि अग्नीकुण्डको वरीपरी नाच्ने र आगोमै पोलेर खाने परम्परागत चाड पर्वको रूपमा यसरी नै बर्षाऋतुको अन्त्य र वर्खेवाली भण्डारण करिव करिव अन्त्य र धानको बाला झुल्यो हजुर देशै रमाइलो, शरद ऋतुको कार्तिकमा दीपावली प्रकाशमय उज्यालो पर्वको रूपमा मनाउने गरिन्छ । जिवेन शरद शतम्, सयौँ सय बर्षसम्म बाँच्न सकौं भन्ने कामना गरिएको हुन्छ । नीलो आकासमा, निर्मल खोलानाला, झरनाहरूको मिलन, न चीसो न तातो अर्थात शितल मनोरम वातावरणको उपस्थिति, आकासमा दिप र दीपावली घरघरमा हुने गर्दछन् । मखमली र सयपत्री, हजारी फुल र गुर्धौली फुलको उज्यालो मङमङ चल्ने मनमोहकताले उत्सव मनाइरहेको हुन्छ । यो एकप्रकारको कृषि उत्सवको रूपमा वा खाद्यान्नप्रति आभारी हुने र उनीहरूको पूजा अर्चना गरिन्छ ।
यो पर्व मानव समजाले थालनी गरेको महान पर्व हो । जुन कृषि युगको थालनी भएपछि यो पर्वको उत्पत्ति भएको सहजै बुझिन्छ । यो तिहार पर्व कुनै राजा महाराजा र दैवीशक्तिले सुरुआत गरेको नभई आफ्नो उत्पादन र उत्पादनका साधनहरूबाट र जैविक विविधता र वातावरणबाट उत्साहित, आलंकारिक हुँदै मानव समाजले सुरुवात गरी उनीहरूले विकास गर्ने क्रममा आजको पुँजीवादी युग वा समाजवादी युगतर्फ उन्मुख हुने खानेको सुचना प्रवाह हुन्छ । विश्वका कुनै समुदायले सुरुवात गरेको यो पर्वले दास युग, सामन्त युग समेतलाई पार गर्दै सुरुआती चरणका केही कुरालाई परित्याग गर्दै र केही विशेष तथा थप गर्दै अगाडी बढेको देखिन्छ । परम्परागत साँस्कृतिक पर्वहरूलाई कसरी मनाउने र कस्तो बनाउने, यो परिवर्तशील समाजको हातमा छ भन्नु सान्दर्भिक होला । हाम्रो संस्कृतिमा हरेक चाड पर्वहरूलाई धार्मिकीकरण महराजीकरण र देवत्वकरण गर्ने प्रवृत्ति विकास भएसँगै पर्वहरूको उत्पतिमा शिव, ईन्द्र, राम, कृष्ण, विष्णु, हिरण्य, कश्यप, बलिराजा, यमराजा जस्ता देवता र दैत्यलाई कर्ताका रूपमा जोड्ने गरेको पाइन्छ । संस्कृति सबै धर्महरू भन्दा जेठो र मानव रूपमा नै यसको सृष्ठी संवाहक हुन् । डा. ऋषि प्रसाद शर्मा नेपालले राष्ट्रिय चाडपर्व पृष्ठ १२३ मा लेख्छन्– पुराण युगमा तिहार पर्वलाई धार्मिक चाडको रूपमा मनाई कालान्तरमा राम राज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति, जैनहरूले निर्वाण प्रप्ती र नेवारहरूले महः पुजाबाट मनाएको उललेख गरेका छन् । यससंग प्रकाश पर्वको नाता जोडिएको महत्व झन् बढ्दै गएको छ । परापुर्ब कालदेखि नै अन्धकारलाई मानिसले शत्रु मान्दै आएको छ ।
उत्पादनका साधन र जैविक विविधताको पुजन यस पर्वको विशेषताः
मानवजातिले गुणकारी प्राकृतिक बस्तु, जैविक विविधताहरू उत्पादनका साधनप्रति आभारी हुँदै तिनीहरूको संरक्षण, पुजन र प्रयोग गर्दै आएको छ । म्हपुजा गर्नु, कुकुर, काग, गाई, गोरु, ढिकी, झाँतो, हलो, जुवा, कोलको पुजा गर्नु भनेको हितकारी र गुणकारीहरूको सम्मान गर्नु नै हो । गाई, गोरु, काग, कुकुर, मुक प्राणी हुन् । उनीहरूले मानिसको भाषा, अंग्रेजी नेपाली, फ्रेन्च, गुरुङ्ग र मगर र थारु भाषा बोल्दैनन् । तर पनि यिनको उत्पादन कार्यमा यी मुकप्राणीहरू अत्यन्त उपयोगी सिद्ध भएका छन् । कागले फोहर मैला खाएर वातावरण स्वच्छ बनाउँछ भने कुुकुर मानव जातिको सम्पर्कमा आएको पहिलो प्राणी हो । मानव जातिको शिकार, आखेट युग देखि नै सहयोग गर्दै आएको छ । गाई माने गौ हो । गौलाई अंग्रेजीमा काउ भनिन्छ । गौ हितकारी प्राणी भएकाले युगौँदेखि नै यसको महत्वलाई मानव जातिले चिन्यो बुझ्यो । त्यसैले गौ पालनलाई हाम्रा ऋषिमुनिहरूले महत्व दिएका छन् । गौको नाउबाट, गौ पाल्ने ऋषिहरूको नाउबाट गोत्र प्रणालीको विकास भएको हो । गौ प्सल त्र –गाई राख्ने ठाउँ । गाई पाल्ने हाम्रा पुर्खाहरू कश्यप ऋषिबाट काश्यप गोत्र, अग्नीबाट आत्रेय गोत्र, भारव्दाजबाट भरद्वाज गोत्र, बशिष्ठहरूबाट वशिष्ठ गोत्र आदि रहेको मानव इतिहास छ । गाईले दुध दिन्छ, पोषिलो र रसिलो हुन्छ । गोवर मलको रूपमा, मरेपछि पनि छाला, सिंङ, हाडखोर सबै प्रयोगमा आउँछ । बाच्छाले हलो जोत्छ, लडिया तान्छ । आदिम युगदेखि अहिलेसम्म पनि ढुवानी र सवारी साधनमा प्रयोग भएको छ । शिवले गोरुलाई नै वाहन बनाएर चढेको इतिहास पनि पाइन्छ ।
उत्पादनका निजी साधनहरूको पुजनः
सूर्य, चन्द्र, बादल, नदीनाला, पहाड आगो सबै प्रकृतिका बस्तु हुन् । निर्जीव भएर पनि उनीहरू मानव जीवनका अत्यन्त हितकारी र उपयोगी साधन हुन् । सुर्यको अनुपस्थितिमा संसार अन्धकार हुन्छ । बोट विरुवा र कुनै पनि प्राणीको अस्तित्व नै रहँदैन । त्यसैले मानव जातिले यिनीहरूको आआफ्नो विधि अनुसार पुजन, सम्मान गर्दछन् । वातावरण संरक्षण गर्नु मानव जातिको कर्तव्य हो । त्यसैले पनि भनिएको छः पृथ्वी शान्तिः राप शान्तिः आदि । तिहारमा दिपावली गरिन्छ । ढिकी, झाँतो, हलो, जुवा, कोदाला वा हँसिया सबै उत्पादनका साधनहरू हुन् । उत्पादनका साधनहरूको सम्मानमा तिहारका अवसरमा उनीहरूको पुजन गरेर दीपावली गरिन्छ । उज्यालोले झलमल पारिन्छ । झिलीमिलीको चकहमहकमा उत्सातिह भएर देउसी भैलो, गाइन्छ । नाचिन्छ । हे औँशीको बार गाई तिहार भैली भनेर घर घरमा गएर गाइन्छ । नाचिन्छ, दक्षिणा दिइन्छ, दक्षिणा लिइन्छ । सेलरोटी दिन्छन्, लिइन्छन्, उत्पादनका साधानहरूको पुजा गर्नु आरती गर्नुको अर्थ परम्परागत हलो प्रविधिलाई नयाँ हलोसंग जोडिन्छ । पुरानो कोल र ढिकी झाँतो प्रविधिको नयाँ स्वचालित प्रविधिमा विकास गरेर नेपाली चाड पर्वको महŒव बढाऔँ भन्ने नै हो । तर हामी नेपालीहरू चाड पर्व परम्परागत रूपमा मात्रै मनाउँदै आएका छौँ । चाडपर्र्व मनाउनुको अर्थ विज्ञान र प्रविधिमा लागौँ र समृद्धिको दिशामा लागौँ भन्ने हो । तर कता कता रहस्यमयी बनेर भौँतारिएकै कारण देश र जनता पछाडी परेका छन् । यसतर्फ अब तिहार पर्व मनाइरहदाँ विचार विमर्श गर्नु प¥यो ।
म्ह पूजा÷आफ्नो शरीरको पुजाः
चरकसंहिता भन्छ– ‘धर्मेकर्मेण मोक्षम् रोग्य मुलमुत्तयम्’ अर्थात धर्मका साथै काम र मोक्ष प्राप्तीमा स्वथ्य शरीर हुनु नै मुल कुरा र उत्तम साधन हो । यसरी नै शारमा धर्मखलु धर्मसाधनम् शरीर नै धर्म कार्यको प्रमुख साधन हो । अर्थात अरू सबै कामहरू छोडेर शरीरको रक्षा गर्नुपर्छ र शरीरको अभावमा धर्म कर्म वा अन्य कुनै पनि काम गर्न सकिँदैन । सारमा मानव शरीर नै विश्व व्रह्माण्डको केन्द्रविन्दु हो । सगुनको रूपमा विभिन्न परिकार खुवाएर यो पर्व मनाइन्छ । यो पर्वमा विशेष प्रकारको भोजन ग्रहण गरिन्छ । स्वाथ्य राख्नुु दीर्घजीवी बन्नु, मनोबाञ्छित समृद्धि र सुखको लक्ष्य हासिल गर्नु नै म्ह पुजाको महत्व मानिन्छ ।
भाइ टिकाः
दाजु भाइले दिदी बहिनीलाई तीजमा आमन्त्रण गर्न र दिदी बहिनीले दाजु भाइलाई तिहारमा आमन्त्रण गर्ने प्रचलन छ । दिदी वहिनी र दाजुभाइकोबीचमा अगाध मायाँ सम्मान र आत्मीय मिलनको महŒवपूर्ण हो । यो परगोत्रीय विवाह पद्धति सुरु भएपछि कृषि युगमा सुरु भएको सूचना प्रवाह उत्पादनका साधन हलो, जुवा, सिलौैटो, गग्रेटो ढिकी झाँतो, कोल, सुर्य चन्द्र, पृथ्वी बोट वृक्षहरूलाई लक्षित गरेर च्युरी वा त्यस्तै पवित्र बोटका पातको पुच्छरे दुना बनाएर दिपावली गर्नुले प्रमाणित गर्दछ । यस पर्वमा आम रूपमा दिप, कलश, विमरो, र दाजु भाइलाई पुजन गरिन्छ । ढोकामा ओखर फोरी हिंस्रक पशुपन्छिलाई तर्साइन्छ भगाइन्छ । तेलको बसुधाराले सजाइन्छ । यी सबैको अर्थ धार्मिक रूपमा दाजु भाइको आदर गरौँ भन्ने लगाइँदा सान्दर्भिक ठानिएला । जे होस् दीकी र्घजीवनको शुभेच्छाखातिर नै गरिएको हुनसक्छ । दिदी वहिनीले सप्तरङ्ग इन्द्रेणी टिका निदारमा लगाएर गलामा किल्यै पनि नओइलाउने मखमली, सयपत्री, दुुवोको माला फूल लगाएर दाजुभाइको दीर्घायुको कामना गर्दछन् । ओखरको घाँजा अलैची, सुकमेल, नरिवल सहित दही खुवाइन्छ । सेलरोटी, झिनिया रोटी, अर्सा, झर, जम्लीअर्सा, अनरसालगायतका जातजातका रोटी पनि दाजुभाइलाई दिइन्छ । दाजुभाइले पनि गच्छेअनुसारको दिदी वहिनीलाई उपहार, दक्षिणा दिने गर्दछन् । हिन्दु संस्कृतिमा तिहारलाई सबैभन्दा महत्व दिएर उज्यालो पर्बको रूपमा मान्दै आइएको छ । पर्बलाई सबैले सालीनताकासाथ मनाउँ । दिपावलीको उपलक्षमा सम्पूर्णलाई हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?