ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बीमा गरेकाले पाए निःशुल्क उपचार

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत स्वास्थ्य बीमा गरेका मध्ये रुकुम पश्चिमका १३ सय ७५ जना बिरामीले अहिलेसम्म रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेबाट निःशुल्क उपचार सेवा पाएका छन् ।
रुकुम पश्चिममा गत चैत १ गतेदेखि सुरु बीमा कार्यक्रम सुरु भएको थियो भने जेठ १ गतेदेखि सर्बसाधारणलाई निःशुल्क दिन सुरु गरिएको थियो । बीमा कार्यक्रममा सहभागी भएपछि जिल्ला अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
बिमा कार्यक्रम सुरु भएको साढे पाँच महिनासम्म आईपुग्दा बिमा गराउने कार्य पनि चलिरहेको बताउदै स्वास्थ्य बिमा वोर्ड रुकुमका संयोजक भरतबहादुर खड्काले जिल्लाको कुल जनसंख्या १ लाख ५४ हजार २ सय ७२ मध्ये रुकुम पश्चिममा असोज २१ गतेसम्म जम्मा २३ हजार ३ सय ४६ जनाले स्वास्थ्य बिमा गरेका छन् । यसमध्ये जिल्लाभरी रहेका जम्मा ३० हजार ६ सय ३३ घरधुरीमध्ये २ हजार ८ सय ९४ घरधुरी स्वास्थ्य बिमामा समावेश भएका छन् ।
यसमा पनि नेपाल सरकारको गरिबीको सुचीमा अति गरिब भित्र परेकाहरूलाई निःशुल्क बिमा गरिदिएको पनि संयोजक खड्काले जानकारी दिए । यसरी निःशुल्क बिमा पाउनेहरूमा अहिलेसम्म ७ सय ९९ घरधुरी रहेका छन् । पाँच जनाको एक परिवारका लागि २५ सय रूपैयाँमा एक बर्ष सम्मका लागि ५० हजार रूपैयाँ बराबरको स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था छ भने ५ जना भन्दा बढी परिवार भएकाको हकमा एक जना बराबर २५ सयमा ४ सय २५ का दरले थप रकम तिरेर बिमा गर्न सकिन्छ । त्यसो हुदाँ प्रतिव्यक्ती १० हजार बराबरको उपचार सेवा एक व्यक्तिले पाउँछ । परिवारको कुल बिमा रकम ५० हजारमा प्रतिव्यक्ति १० हजारका दरले बढ्दै जान्छ ।
सर्बसाधारणले स्वास्थ्य बिमा गरेपछि रुकुम पश्चिमको सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप साविकको भन्दा बढेको छ । बिरामीको चाप बढेसंगै जिल्ला अस्पताल परिसरमा मुसीकोट नगरपालिकाको सहयोगमा संञ्चालमा रहेको शःशुल्क फर्मेसी पनि २४ घण्टा खुला रहने व्यवस्था गरिएको संयोजक खड्काले बताए । ‘जिल्ला अस्पतालमा उपचार गराउन आउने सर्वसाधारणको संख्या साविकको भन्दा बढेको छ । यसको एउटा कारण स्वास्थ्य विमा पनि हो ।’ उनले भने, ‘बिरामीको चापलाई ध्यानमा राखेर हामिले अस्पतालको फार्मेसी सेवालाई २४ सै घण्टा खुला रहने व्यवस्था गरेका छौ ।’
बिरामी भएपनि आर्थीक अभाव कै कारण शरीरमा रोग पालेर बस्नुपर्ने बाध्यता स्वास्थ्य बिमा गरेपछि हटेको छ । स्वास्थ्य बिमा गरेपछि निःशुल्क उपचार पाएर खुसी व्यक्त गर्दै मुसीकोट २ का डण्डबहादुर खड्काले परिवारको स्वास्थ्य बिमा गरेका कारण आफुले आफ्नो श्रीमतीको उपचारका लगि आर्थिक जाहो गर्न कुनै तनाव लिनु नपरेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘श्रीमतीको उपचारका लागि पैसा कताबाट जाहो गर्ने भन्ने तनाब मलाई भएन । लगभग ३० हजार बराबरको निःशुल्क उपचार बिमा पछि निःशुल्क गर्न पाए । अझै २० हजार बराबरको उपचार सेवा यो बर्ष मेरो परिवारले उपभोग गर्न पाउछौ ।’
स्वास्थ्य बिमाको बारेमा चेतनाको अभावका कारण अहिले पनि २५ सय तिरेर स्वस्थ्य बिमा गराउन सर्बसाधारणहरूले नमानिरहेको अवस्था छ । तर, बिमा गरेपछि हुने र भैरहेका फाईदाका बारेमा आवश्यक जनचेतना फैलाउन सक्यो भने यो लाभदायक रहेको छ ।
रुकुम पश्चिममा स्वस्थ्य बिमा गराएका मध्ये जिल्ला अस्पताल सल्लेबाट निःशुल्क उपचार पाएका १३ सय ७५ जनाको उपचार वापत कुल ११ लाख ७८ हजार २ सय रूपैयाँ बराबरको रकम जिल्ला अस्पताल सल्लेलाई स्वस्थ्य बिमा बोर्डबाट भुक्तानी लिनुपर्ने छ । यसमध्ये अहिलेसम्म २ लाख ६८ हजार मात्र भुक्तानी पाएको र बाँकी रकम बिमा बोर्डबाट समयमै भुक्तानी हुन नसक्दा फार्मेसीमा औषधी खरिद गर्न समस्या भैरहेको जिल्ला अस्पताल प्रमुख सविन पोखरेलले बताए ।
रुकुम पश्चिमका तिन वटा स्वस्थ्य केन्द्रहरू जिल्ला अस्पताल सल्ले, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी र चौरजहारी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ । नेपाल सरकारले ताकेका ७० प्रकारका र स्वस्थ्य बिमाले ताकेको १ हजार ४८ प्रकारका गरी जम्मा १ हजार १ सय १८ प्रकारका औषधीहरू स्वास्थ्य बिमा गरेकाहरूका लागि तोकिएका स्वास्थ्य संस्था वा अस्पतालबाट निःशुल्क प्रदान हुन्छन् । साथै अन्य उपचारका लागि पनि तोकिएको स्वास्थ्य संस्था वा अस्पतालबाट एक परिवारले ५० हजार रूपैयाँसम्मको स्वास्थ्य सेवा निशुल्क पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?