ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

प्रदेश पाँचकै नमुना रेसुङ्गा क्षेत्र

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

गुल्मीमा पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा धार्मिक ऐतिहासिक महŒव बोकेको सुन्दर क्षेत्र हो । यहाँ आउने जसलाई पनि प्राकृतिक मनोरमले भुलाउन सक्छ । शान्त, सफा र हरियाली वातावरणले यस क्षेत्रको सुन्दरतामा सुनमा सुगन्ध थपेको महशुस यहाँ रमाउन आउने सबैलाई लाग्छ । तम्घास बजारदेखि करिब सवा सात किलोमिटर मोटर बाटो हुँदै रेसुङ्गा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । मोटर बाटो सकिनासाथ मन लोभ्याउने पोखरी पुगिन्छ । महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा अवस्थित छ । विभिन्न तीर्थस्थलहरूबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रूपमा रहेको छ । त्यहाँको चिसो हावापानीले जो कोहिको बहलिएको मन प्राकृतिक सुन्दरतामा रमाउन शुरु गर्दछ ।
चारैतिरको सुन्दरताले मनभरी उमङ्ग छाएको महशुस गर्न बेर लाग्दैन । त्यो सुन्दर पोखरीलाई छाडेर अब यात्रा रेसुङ्गाको शिरतर्फको शुरु हुन्छ । अनेकन प्रकारको रुख बिरुवासँगै मनका बह पोख्दै उनीहरूसँग आप्mना भावना साट्दै जो कोहिले पनि करिब आधा किलोमिटर उकालो पार गरेको पत्तै पाउँदैन । प्रकृतिसँगै रमाउनेहरूका लागि यो क्षेत्र अति नै महŒवपूर्ण छ । यहाँ पुगेकाहरूले वर्षौंसम्मका आप्mना दुःखहरू केहि समयका लागि बिर्सेर प्रकृतिसँग रमाउँदा स्वर्गको अनुभुति मिल्छ । हुनत हाम्रो देशमा यस्ता धेरै प्राकृतिक सम्पदाहरू छन् । त्योमध्येकै एक क्षेत्र हो रेरुङ्गा ।
रेसुङ्गा क्षेत्र समुद्र सतहदेखि २३०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको छ । रेसुङ्गा क्षेत्र सिद्धबाबा, विष्णु, शिव, गणेश लगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि प्रसिद्ध रहेको छ । यहाँ भगवान राम र लक्ष्मण पनि श्रष्यश्रृंग ऋषिको दर्शन गर्न आएर समस्या सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको किम्बदन्ती अनुसारको रामकुवाको पनि छुटै विशेषता रहेको छ । गुल्मी भन्ने बित्तिकै रेसुङ्गाको नाम नसम्झनेहरू सायद कोही छैनन् होला । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थानमध्येकै एक महŒवपूर्ण स्थान हो रेसुङ्गा क्षेत्र ।
रेसुङ्गाको शिरमा पुगेपछि उत्तरतिर हेर्दा एकैछिनमा पुगिएलाजस्तो गरी अन्नपूर्ण धवलागिरी, माछापुच्छे« लगायत धेरै हिमाल देखिन्छन् । यसले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने मात्र नभई त्यहाँ पुग्दाको थकाई हटाउन महŒवपूर्ण सहयोग गर्दछ । सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै परेजस्तो अनुभुति हुन्छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो । यहाँ हजारौँ भक्तजनहरू आफ्ना मनको कुरा पुरा हुने विश्वास लिएर आउने गर्दछन् त कतिले पुरा भएको विश्वास व्यक्त गर्ने गर्दछन् ।
रेसुङ्गाक्षेत्र गुल्मीको शिरस्थान हो । नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये रुरु रेसुङ्गा क्षेत्रलाई पनि विकास गर्ने उद्देश्यले २०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको स्थापना गरेको छ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट गुल्मीका बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । टावरमा पुगेपछिको मौसम परिवर्तन धेरै पर्यटकहरूका लागि स्मरणीय बनिदिन्छ । छिनभरमै घाम छिनभरमै कुहिरो अच्चमको मौसम कुहिरो एक्कासी डमक्क हँुदै गर्दा केहि मिनेटमै सिरीसिरी चलेको हावाले कुहिरो लखेटेर लागेको घामले तम्घास बजार र पारी देखिने अर्जुन डाँडाले सबैलाई एकैछिन लोभ्याउँछ । धेरै पर्यटकहरू भ्यूटावरमा पुगेर चारैतिर पहाडले घेरेको सुन्दर तम्घास बजार नियाल्ने गर्दछन् । त्यसरी बजारलाई हेर्दाको सुन्दरतालाई शब्दमा बयान गर्न गाह्रो हुन्छ ।
रेसुङ्गामा हरेक वर्षको साउनभर मन्दिर ब्यवस्थापन समितिले एक महिनासम्म मेला आयोजना गर्ने गर्दछ । यस क्षेत्रको प्रचार प्रसार होस् भन्ने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गर्ने गरिन्छ । त्यसैगरी कार्तिक आँैसी एकादशीमा पनि मेला हुने गरेको मन्दिरका पुजारी मीनराज पौडेलले बताए । गत वर्षको साउन महिनाभरिमा करिब पाँच लाख भक्तजन पुजाआजमा सहभागी भएको समेत पौडेलले बताए ।
यहाँ धार्मिकस्थल पोखरीमा नुहाउन तथा पूजाआजा गर्न साउनभर भिडभाड लाग्ने गर्दछ । नेपालकै चारधाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यताअनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् । एक महिने मेलामा धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पूजाआजा गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग प्यूठान, रूपन्देही लगायतका नेपालका बिभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू अबलोकन तथा पूजाआजा गर्न आउने गर्दछन् ।
रेसुङ्गा क्षेत्र आफैमा जति सुन्दर छ त्यसलाई अझै पनि विकास र प्रचार प्रसार गर्न जरुरी छ । यहाँ जाने पर्यटकहरूका लागि यातायातको सहजता हुनु जरुरी छ । प्राकृतिक सुन्दरतासँगै पर्यटकहरूका लागि आवश्यक पर्ने चीजबीजको चाँजोपाँजो पनि मिलाउनु पर्ने देखिन्छ । त्यसैगरी घना जंगलमा यो क्षेत्र रहेकाले घुम्न जानेहरूको सुरक्षाको विषयलाई पनि विशेष ध्यान दिन सकिएन भने कुनैपनि बेला अप्रिय घटना नघट्ला भन्न सकिँदैन । त्योसँगै रेसुङ्गा मन्दिरसम्म पुग्ने मोटर बाटोलाई स्थानीय र प्रदेश सरकारले प्राथमिकतामा पारेर सुधार गर्नु अति आवश्यक देखिन्छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?