© २०२३
बुटवल, १६ माघ । पाल्पाको तिनाउ गाउँपालिकामा छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको छ । दोभान माबि खेलमैदानमा कार्यक्रमको एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले उद्घाटन गर्दै खेलकुद विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको बताए ।
विद्यार्थीहरुलाई भविष्यमा खेलाडीको रुपमा चिनाउने प्लेटफर्मका रुपमा विद्यालय खेलकुद हुने गरेको भन्दै यसलाई विशेष महत्वदिदै आएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले खेलकुदबाट विद्यार्थीहरुमा स्वाथ्य प्रर्वद्धनमा समेत सहयोग सिद्ध हुने बताए ।
प्रतियोगितामा पालिकाका ९ विद्यालयका विद्यार्थीहरुले १४ विधामा उपाधि भिडन्त गर्ने शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले बताईन ।
३ दिन सम्म चल्ने प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तिलोत्तमा माध्यमिक विद्यालय पाल्पाका शिक्षक विष्णु प्रसाद पाण्डेले बताए । प्रतियोगिताबाट विजेता खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा छनौट हुने कार्यक्रममा सन्तोष शेरचनले बताए ।