© २०२३
कपिलवस्तु, १६ माघ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले अध्यक्ष सँग विद्यार्थी कार्यक्रम अन्र्तगत वडाका १५ सय विद्यार्थीलाई स्विटर बितरण शुरु गरिएको छ । कार्यक्रम अन्र्तगत मंगलबार वडाको जनता आधारभुत बिद्यालय फुलिकामा २ सय ५६ जना, मुनेश्वर मा.बि. मा २ सय ८४ जना र मदरसा रियाजुल उलुम अलसल्फिया बरसौलीमा २ सय ६२ जना विद्यार्थीलाई स्विटर बितरण गरिएको हो । वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा सदस्यहरु ईन्दु थारु, रामबृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, ओभरशियर शिवशंकर कुर्मी, समाजसेवी राजेन्द्र यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ सहितको सहभागीतामा स्विटर बितरण गरिएको हो ।
वडाका कक्षा १ देखी ५ कक्षा सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई जाडोमा न्यानोको लागि स्विटर बितरण गर्न थालिएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । बिगतका वर्षमा विद्यार्थीका लागि बिभिन्न शैक्षिक सामाग्री बितरण गरिने गरिएकोमा यस वर्ष स्विटर बितरण गरिएको अध्यक्ष यादवले स्पष्ट पारे । वडाका बाँकी विद्यालय र मदरसाका गरि कुल १ हजार ५ सय विद्यार्थीलाई स्विटर बितरण गर्ने लक्ष्य लिईएको उनले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी