ट्रेंडिंग:

>> द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु >> जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि होराईजनलाई >> चौधौं पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान >> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही >> खस्किदै सरकारी सेवाको प्रभावकारिता >> बुटवलमा खेल प्रतियोगिताको ‘बाढी’ >> रोल्पामा अर्को क्याम्पस थपियो क्याम्पसलाई उत्पादनसँग जोड्ने >> समुदायको सहयोगले स्कुलमा संग्राहालय सीप >> प्रधानमन्त्री ओली आज दाङ आउँदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने >> पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हिमपातको सम्भावना >> माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न नपाउने >> पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता >> थाई वन परम्परा प्रचारका लागि एक हप्ते आध्यात्मिक यात्रा >> निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित >> सूर्यनगर गोल्डकपको तयारी पूरा >> मेडिकल कलेजमा सिद्धार्थनगरको अनुगमन >> प्रधानमन्त्री ओली भोलि दाङ आउँदै >> लुम्बिनी प्रदेशस्तरीय छनोट खेल शुरु, रुपन्देही र नवलपरासी विजयी >> ज्ञानगंगा पाठशालामा बाल महोत्सव सुरु >> सुर्खेतमा कर्णाली उत्सव हुँदै >> आयोजक लखन ब्रदर्श फाईनलमा >> दोस्रो मेयर कप फुटबलको तयारी पुरा >> नेप्से परिसुचक दोहोरो अंकले वृद्धि >> मिलन टोल विकास संस्थाको २३ औं साधारण सभा >> सोमबारदेखि बुटवल खुला लन टेनिस >> वर्षमान पुनलाई प्रधानमन्त्रीले भने : अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री भएको बेला सम्झिनू >> तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री >> पोखरामा बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन >> पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

बुटवल, १६ माघ । लुम्बिनी अटोमोबाईल एशोसियसन अफ नेपालले अटो मजदुरलाई लक्षित गरि निशुल्क आखा शिविर सम्पन्न गरेको छ । संस्थाको तेस्रो साधारण सभाको अवसरमा ब्यवसायीक हकहित, क्षमता अभिवृद्धिका साथै समुदायमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तरगत बुधबार बुटवल अटो ईन्जिनियरिङ एशोसियसन सचिवालयमा वृहत आखा शिविर गरिएको हो ।

कार्यक्रमको नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जनार्दन गैरेले औपचारिक रुपमा उद्घाटन गर्दै अटो क्षेत्रमा काम गर्ने मजदुर र ब्यवसायी बिच नङमासुको सम्बन्ध हुने भन्दै मजदुरको पिडालाई सम्बोधन हुने गरि महत्वपूर्ण काम भएको बताए ।
कार्यक्रममा लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भट्टराईले ब्यवसायीक हकहितसंग सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुहरु निरन्तर लागेको बताए । नितिगत रुपमा भिटिएस, लेखा तालिम दिएर ब्यवसायीलाई क्षमता अभिवृद्धिसंगै कोभिड संक्रमणको जोखिममा अटोमेकानिक्सहरुको स्वस्थ्यप्रति सचेतना र खोपको ब्यवस्था गरेको स्मरण गरे । हाल नाडा लुम्बिनीमा आवद्ध ब्यवसायीहरुको माग भनेको भन्सार दर समायोजन, चालु पुजी कर्जा पुनरालोकन, पुजिगत खर्च वृद्धि लगायत रहेको भन्दै यस विषयमा निरन्तर आवाज उठाउदै आएको बताए ।

कार्यक्रममा बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रेम गौचन, निवर्तमान अध्यक्ष तुल्सीराम न्यौपाने, नाडा लुम्बिनीका संस्थापक सदस्य राधाकृष्ण देउला, संस्थाका निवर्तमान सल्लाहकार सन्तोष पाण्डेले ब्यवसायीक हकहितसंगै मजदुरको स्वास्थ्यलाई लक्षित गरि कार्यक्रम भएको बताए ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते भैरहवामा खुला सिमाना र यसले पारेको प्रभाव विषयक सरोकारवाला सहितको वृहत अन्तरक्रिया कार्यक्रम, माघ १६ गते बुटवलको मैनाबगर अटो भिलेजमा निशुल्क आखा परिक्षण सम्पन्न भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक रोशन पाण्डेले बताए । यसैगरि माघ २६ गते ट्राफिक जनचेतना कार्यक्रम र फागुन ३ साधारण सभाको मुल कार्यक्रम हुने उनले बताए ।

बुटवल लायन्स आखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा करीब दुई सय जनाले आखा जाच गरेको कार्यक्रम संयोजक तिलक पाण्डेले बताए । परिक्षणकै क्रममा मोतिबिन्दुको समस्या भेटिएका १६ जनालाई सहुलियत शुल्कमा अपरेसन समेत गरिने भएको उनले बताए । हाल नाडामा १२० जना ब्यवसायीहरु आवद्ध छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?