© २०२३
काठमाडौं, १७ माघ ।
सरकारले देशैभरी पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी. खोप अभियान सञ्चालन गर्न थालेको छ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा सुरु हुने यो अभियान फागुन ६ गतेसम्म संचालन हुनेछ । नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने र चार जनाको मृत्यु भएको तथ्यांक छ ।
उक्त अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पु¥याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तिमा ९० प्रतिशत किशोरीहरूलाई एच.पि.भी. खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तिमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने, र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तिमा १० प्रतिशत महिलाहरूको उपचार गर्ने रहेको छ ।
एच.पि.भी. खोप लगाएमा यो रोगबाट सुरक्षित हुन सकिन्छ र यो खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुन्छ । यस सन्दर्भमा, प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउनेछ ।
त्यसैले, यो वर्ष देशव्यापी रूपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच.पि.भी. खोप दिइन्छ ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरीहरू अनुमान गरिएको छ । एच.पि.भी. खोप सेवालाई आगामी वर्ष देखि नियमित खोपको रूपमा प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एच.पि.भी. खोप दिइनेछ ।
एच.पि.भी. खोपको लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले यो खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ। तर विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र माहा खोप केन्द्रहरूबाट पनि यो खोप प्रदान गरिन्छ ।यो वर्ष सञ्जात्तन हुने एच.पि.भी. खोप अभियानमा १८ हजार ९०० विद्यालय र ८ हजार २०० खोप केन्द्रहरूवाट एच.पि.भी. खोप सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ, जसमा छोपदिने स्वास्थ्यकर्मीहरू करिव २७ हजार र स्वंसेवकहरू ५४ हजारभन्दा बढी परिचालन हुनेछन् ।
यो खोप अभियानको लागि १७ लाख ७० हजार ०२० मात्रा एच.पि.भी. खोप प्राप्त भएको छ। यो खोप प्रदेश तहमा पुर्याई सकिएको छ र अभियान सञ्चालन अगाडि स्वास्थ्य संस्थामा पुग्ने गरी खोप वितरण गर्ने व्यवस्था मिलाइएको छ । यो खोप अभियानको लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । यसरी नै हरेक वर्ष नियमित खोप कार्यक्रममा एच.पि.भी. खोप समावेश गरी दीगो रूपमा खोप दिने लक्ष्य नेपाल सरकारको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी