ट्रेंडिंग:

>> मेयर कप छात्र/छात्रा फुटबलमा ११ खेलहरु सम्पन्न >> एमाले रुपन्देहीमा भाँडभैलो, खानेपानी निर्वाचनको रिसिवी साँध्न भद्र सहमति तोडेर मनोनयन >> आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण >> प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस् >> प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती >> हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा >> उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल >> प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग >> केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही >> अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने शर्मिला विष्ट पक्राउ >> त्रिविकाे वार्षिक क्यालेन्डर कडाईका साथ कार्यान्वयन गरिने >> भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ? >> ३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता >> बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? >> भुर्तेल बने दीप गायन तारा >> डल्फिन पोलिप्लास्टलाई गुणस्तर प्रमाण >> राष्ट्रियस्तरको भलिबल रोल्पामा >> ट्रक व्यवसायीको माग सम्बोधनमा ढिलाई >> ब्राह्मणवाद र जातीयताको सन्दर्भमा बौद्ध शिक्षा >> सरकारलाई विकासको चिन्ता छः प्रधानमन्त्री >> शिवराजका विपन्न परिवारलाई ‘सुरक्षित आवास’ >> सवारी दुर्घटनामा परेर ६ महिनामा १२ सय ३३ जनाको मृत्यु >> रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, साढे ८ करोड बिगो >> रुपन्देही प्रहरीद्वारा चोरीमा संलग्न पाँचजना पक्राउ >> मुक्त कमलरीले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र  >> द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु >> जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि होराईजनलाई >> चौधौं पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान >> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही
१३ औँ वार्षिकोत्सव विशेष

डिजिटल पर्यटनको युग

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

न्यूयोर्क टाइम्सले सन् २०२५ मा विश्वका घुम्नै पर्ने ५२ गन्तब्य मध्ये नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई न्यूयोर्क टाइम्सले दिएको यो महत्वपछि पर्यटन व्यवसायीमा उत्साह छाएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वले यसलाई पर्यटकहरूको लागि प्रमुख गन्तव्य बनाएको हो । यस क्षेत्रको पर्यटन अनुभव अझ सुधार गर्न र पर्यटकहरूको सहजताका लागि स्मार्ट पर्यटन व्यवस्था (स्मार्ट एप्स, भर्चुअल गाइडरडिजिटल टिकेटिङ) जस्ता आधुनिक प्रविधिहरूको आवश्यकता महसुस गरिएको छ । यी प्रविधि र सुविधालाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सके विदेशी पर्यटकको आगमनमा वृद्धि हुन सक्ने आँकलन गरिएको छ ।

नेपालको बर्दियामा जन्मेर अमेरिकालाई कर्म भूमि बनाएका राकेश रेग्मी दसैंबिदामा नेपाल आएको समय पारेर परिवार सहित लुम्बिनी घुम्न पुगे । नेपालमै जन्मेको भएतापनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण उनको लागि पहिलो थियो । धेरै बर्ष भयो देश छोडेको इच्छा हुँदाहुँदै पनि समय अभावका कारण घुम्न पाएका थिएनन् उनी । परिवारसँगै लुम्बिनी पुगेका रेग्मीले लुम्बिनीको विषयमा जति सुनेका थिए त्यति लागेन । टिकटका लागि लामो लाइनमा बस्नुपर्ने, गाईडको अभावमा धेरै समय अलमलिनु पर्ने जस्ता समस्या उनले भोग्नुपर्यो ।

उनले भने ,“अहिलेको युग डिजिटलको युग हो, विश्व सम्पदा सूचीमा समेत परेको भगवान गौतम बुद्धको जन्मस्थलमा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु भएकाले पनि प्रविधिको भरपुर उपयोग गर्नुपर्छ ।” “समय सापेक्ष परिवर्तन हुनुपर्नेयो अहिलेको आवश्यकता पनि हो”–उनले थपे,“लुम्बिनी क्षेत्रको ऐतिहासिक महत्व र धार्मिक सन्देशलाई विश्वभर चिनाउनका लागि प्रविधिको भरपुर उपयोग आवश्यक रहेको छ ।”

उनका अनुसार स्मार्ट एप्सको ब्यवस्था भए पर्यटकले लुम्बिनीको विषयमा धेरै जानकारी पाउन सक्छन् । उनीहरूको यात्रा सहज र रोमान्चक बन्न सक्दछ । अलमलिनु पर्ने अवस्थाको सृजना हुँदैन । लुम्बिनीको प्रमुख आकर्षणको रूपमा रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ र पवित्रपोखरी जस्ता ऐतिहासिक स्थलहरू पर्दछन् । प्रत्येक वर्ष लाखौं बौद्ध धर्मावलम्बी र अन्तर्राष्ट्रिय पर्यटकहरू लुम्बिनीको भ्रमण गर्छन् । यद्यपि, ती पर्यटकहरूले अक्सर स्थानीय गाइडहरूको अभाव, जानकारीको कमी र लामो टिकट पंक्ति जस्ता समस्याहरू सामना गर्नुपर्ने बताउँछन् । यस्तो खालको समस्या धेरै नै भोग्नुपरेको आन्तरिक तथा बाह्य पर्यटकले बताउने गरेका छन् ।

डिजिटल गाइड र डिजिटल टिकेटिङको ब्यवस्थाले पर्यटकहरूको अधिकांश जानकारी मोबाइल एप्स मार्फत सजिलै उपलब्ध हुनेछ । बाटोको मार्ग निर्देशन, भाषा सेवारभ्रमणको यात्रा योजनापनि सजिलो बनाउनेछ । यात्रा गर्दा, विशेष गरी विदेशी पर्यटकहरूको लागि भर्चुअल गाइड एक महत्वपूर्ण आवश्यकता बन्न सक्छ । लुम्बिनीका ऐतिहासिक स्थलहरूको समृद्ध इतिहास र धर्मिक महत्वलाई बुझ्नका लागि भर्चुअल गाइडले गणनात्मक जानकारी, इतिहास र सांस्कृतिक घटनाहरूका बारेमा रोचक र परिष्कृत जानकारी प्रदान गर्न सक्छ । यसका लागि, विभिन्न भाषामा गाइडको उपलब्धता हुनु अत्यन्त आवश्यक छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार, पर्यटकहरूको सुविधाका लागि स्मार्ट एप्स र डिजिटल गाइडको व्यवस्थापन गर्न पहल भइरहेको छ । उनले भने, “टिकट व्यवस्थापनका लागि अनलाइन प्रणाली उपलब्ध भएपनि, बजेट अभावका कारण स्मार्ट एप्स र डिजिटल गाइड सञ्चालन गर्न सकेका छैनौं ।”

राईले यस बिषयमा छलफल चलिरहेको रआगामी योजनामा यसको कार्यान्वयनको सम्भावना रहेको जानकारी दिए । उनले थपे, “स्मार्ट पर्यटन व्यवस्थापनले लुम्बिनीको पर्यटनलाई अझ व्यवस्थि तरआकर्षक बनाउन मद्दत गर्नेछ, तर यसको लागि आवश्यक स्रोत–साधन जुटाउनुपर्ने चुनौती छ ।”लुम्बिनीको प्रमुख आकर्षणहरूमा प्रवेश गर्नको लागि डिजिटल टिकेटिङ प्रणाली आवश्यक छ । अहिले पर्यटकहरूलाई स्थलहरूमा प्रवेश गर्न लाइनमा उभिनुपर्ने अवस्था छ । डिजिटल टिकेटिङको प्रयोगले टिकट किन्ने प्रक्रिया सस्तो र छिटो बनाउनेछ । साथै, यसले अनलाइन बुकिङको सुबिधा दिनेछ, जसले पर्यटकलाई आफ्नो यात्रा योजना बनाउन सजिलो पार्नेछ । यसले लुम्बिनीको पर्यटन क्षेत्रको साङ्गठनिक ढाँचालाई पनि बलियो बनाउने छ, जसको परिणाम स्वरूप स्थानीय गाइडहरू र सेवा प्रदायकहरूलाई थप व्यवस्थित र सहजकार्य गर्ने मौका मिल्नेछ ।सन् २०२४ मा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरूको संख्या ११ लाख ७२ हजार ५ सय ६५ पुगेको छ । जसमा ७ लाख ५९ हजार ९ सय ९० जना आन्तरिक पर्यटकर४ लाख १२ हजार ५ सय ७५ जना विदेशी पर्यटक रहेका छन् ।
आवश्यक सुधार र प्रभाव
स्मार्ट एप्स र डिजिटल गाइडहरूको कार्यान्वयनले लुम्बिनीलाई आधुनिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नेछ । यसले पर्यटकहरूको अनुभवलाई नयाँ उच्चाइमा पुर्याउने छ । जहाँ प्रविधि र धार्मिक सांस्कृतिक महत्वको समावेश हुनेछ । साथै, लुम्बिनीको संरक्षण र व्यवस्थापनमा पनि प्रविधिमा आधारित समाधानहरू प्रयोग गर्ने अवसर प्राप्त हुनेछ ।
स्थानीय समुदायलाई पनि यसका माध्यमबाट रोजगारी रआर्थिक फाइदा प्राप्त हुनेछ । लुम्बिनीको पर्यटन क्षेत्रको प्रवर्धनका लागि डिजिटल सेवाहरूको विस्तृत प्रयोगले त्यहाँको आर्थिक समृद्धि र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वलाई ध्यानमा राख्दै यस क्षेत्रको पर्यटनलाई अझ सशक्त र व्यावसायिक बनाउन आवश्यक छ कि स्मार्ट एप्स, भर्चुअल गाइड,रडिजिटल टिकेटिङ जस्ता प्रविधिहरूलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ । यसले केवल पर्यटकहरूको लागि सहजता मात्र होइन, लुम्बिनीको पर्यटन उद्योगलाई नयाँ दिशामा अगाडि बढाउन मद्दत पु¥याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%