ट्रेंडिंग:

>> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही >> खस्किदै सरकारी सेवाको प्रभावकारिता >> बुटवलमा खेल प्रतियोगिताको ‘बाढी’ >> रोल्पामा अर्को क्याम्पस थपियो क्याम्पसलाई उत्पादनसँग जोड्ने >> समुदायको सहयोगले स्कुलमा संग्राहालय सीप >> प्रधानमन्त्री ओली आज दाङ आउँदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने >> पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हिमपातको सम्भावना >> माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न नपाउने >> पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता >> थाई वन परम्परा प्रचारका लागि एक हप्ते आध्यात्मिक यात्रा >> निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित >> सूर्यनगर गोल्डकपको तयारी पूरा >> मेडिकल कलेजमा सिद्धार्थनगरको अनुगमन >> प्रधानमन्त्री ओली भोलि दाङ आउँदै >> लुम्बिनी प्रदेशस्तरीय छनोट खेल शुरु, रुपन्देही र नवलपरासी विजयी >> ज्ञानगंगा पाठशालामा बाल महोत्सव सुरु >> सुर्खेतमा कर्णाली उत्सव हुँदै >> आयोजक लखन ब्रदर्श फाईनलमा >> दोस्रो मेयर कप फुटबलको तयारी पुरा >> नेप्से परिसुचक दोहोरो अंकले वृद्धि >> मिलन टोल विकास संस्थाको २३ औं साधारण सभा >> सोमबारदेखि बुटवल खुला लन टेनिस >> वर्षमान पुनलाई प्रधानमन्त्रीले भने : अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री भएको बेला सम्झिनू >> तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री >> पोखरामा बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन >> पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु >> अझै एक साता अध्यादेश संसदमा पेस नहुने >> १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप >> काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने

पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

बुटवल, १६ माघ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुककै अभिभावक भैसक्नुभएका पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले राष्ट्रकै अभिभावकको जिम्मेवारी पूरा गरिसकेका व्यक्ति सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने बताए ।

अहिले पुर्व राष्ट्रपति विद्या भण्डारीलाई जाडेर सक्रिय राजनीतिमा फर्किन चाहेको चर्चा कतिपय क्षेत्रबाट चलाइएको भन्दै ज्ञवालीले भने, “सम्माननीय पुर्व राष्ट्रपतिको पनि चाहना विपरितका चर्चा चलाइएको छ, यसमा सत्यता छेन ।” यद्यपि उनले पुर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनाका बारेमा पार्टीमा भने हालसम्म छलफल नभएको बताए ।

“पार्टीमा छलफल भयो भने एक खालको धारणा बन्ला, तर सक्रिय राजनीतिमा आउनु त्यति उपयुक्त हुँदैन”–उनले भने ।

मुलुकमा दुई ठूला दलको सरकार बनेपछि सुशासन कायम हुँदै गएको, अर्थतन्त्र लयमा फर्किएको र जनतामा सकारात्मक भावना बढ्दै गएको भन्दै ज्ञवालीले तर भ्रमको खेती गर्नेहरुबाट नकारात्मक भाष्य सिर्जना गर्ने र मुलुकलाई अप्ठेरो दिशातर्फ धकेल्ने कोशिस भैरहेको बताए ।

उनले चीनसँगको बीआरआई सम्झौता मुलुकको विकासका लागि महत्वपूर्ण उपलव्धि भएको र यसखालका सम्झौता मुलुकको हितका लागि अन्य मुलुकबाट पनि प्रस्ताव आए अगाडि बढाउन सकिने बताए ।

“विश्वकै दोस्रो र पाँचौ अर्थतन्त्र भएका ठूला छिमेकी देशको आर्थिक विकासबाट मुलुकले लाभ उठाउने गरी अगाडि बढ्नुपर्छ, सरकार त्यस दिशातर्फ अग्रसर भैरहेको छ”–ज्ञवालीले भने ।

पुर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले अमेरिकी ट्रम्प प्रशासनले लिएको अनुदान सम्बन्धी नीतिबाट नेपालको स्वास्थ्य लगायतका केही क्षेत्र प्रभावित हुन सक्ने पनि बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र भ्रमपूर्ण विषयहरुमार्फत देश र समाजलाई नै विभाजित गर्ने प्रयत्न भैरहेको भन्दै भ्रमपूर्ण सूचनाबाट बच्न, तथ्य र सत्य विचार पस्किन र लोकतन्त्रको संरक्षण गर्नका लागि सरकारले सामाजिक सुरक्षा विधेयक ल्याउन लागेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%