ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

रामकथा प्रवचन लुम्बिनी बाहिर गर्न प्रदर्शन, प्रवचन रोकिंदैन : एसपी रेग्मी

२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

बुटवल,२३ माघ ।    भारतीय हिन्दु धर्मगुरु मोरारी बापु द्वारा माघ २४ देखि हुने राम कथा प्रवचन कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी पसिर बाहिर गर्न विभिन्न ६ वटा बौद्ध धर्मावलम्बी संघसंस्थाले माग गरेका छन् । लुम्बिनी गुरुयोजना क्षेत्र भित्र गैर बौद्ध धार्मिक कार्यक्रम गर्न नहुने माग गर्दै बौद्वमार्गी संयुक्त संघर्ष समितिले सोमबार दिनभर लुम्बिनीको पर्साचोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनको विरोधमा केही स्थानीय सडकमा उत्रेपछि दिनभरजसो लुम्बिनीमा तनाव भएको छ । प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर अप्रिय घटना हुन दिएन ।

लुम्बिनीमा राम कथा प्रवचन कार्यक्रम हुनु ठिक हो र हुनुहुदैन भन्ने दुई पक्षबीच बिवाद भएपछि तनाव उत्पन्न भएको हो । बौद्वमार्गी संयुक्त संघर्ष समितिले गरेको कोणसभामा दलबहादुर विरकट्टामगर रामचन्द्र थारु,रामचन्द्र कोइरी,झमबहादुर गुरुङ,शंकर गाहा,गंगा राना लगायतले बोल्दै आफूहरुले हिन्दु धर्म र मोरारे बापुको विरोध नगरेको तर बौद्ध मार्गीको आस्थाको केन्द्रमा गैर वौद्ध कार्यक्रम गर्नु उचित नभएकाले अन्यत्र गर्न माग मात्र गरेको बताए ।

उनीहरुले आफूहरुको माग र शान्तिपूर्ण प्रदर्शनलाई गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाए । उनीहरुले वौद्धमार्गीहरु सधैं सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा रहेको स्पष्ट पारे ।

लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाले चासो, चिन्ता र प्रश्नहरू उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपिल गरेको हो ।
रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले लुम्बिनीमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको र भोलिदेखि शुरु हुने कथावाचन नरोकिने स्पष्ट पारे । कथावाचनका लागि मोरारे बापु रुपन्देही आइसकेका छन् । उनलाई पुर्व गृहमन्त्री बालकृष्ण खांण लगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?