© २०२३
बुटवल,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
उनले उक्त पत्रकार सम्मेलन विशेष हुने बताएका छन् । माघ १३ गते शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता अवैध भएको फैसला गरेपछी उनी पद तथा जिम्मेवारीबाट अलगिएका थिए । नयां नागरिकता लिएपछि उनी पुनः गृहमन्त्रीमा आउन चाहन्छन् । तर उनीमाथि राहदानी दुरुपयोग (दोहोरो राहदानी) गरेको विषय पनि प्रहरीमा उजुरी परेकाले प्रधानमन्त्री प्रचण्ड तत्काल गृह मन्त्रालय दिन तयार छैनन् ।
यही विषयले रास्वपा सरकारमा रहने या नरहेन भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको छ।
आज सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै आफूले पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने उनले सार्वजनिक गरेका छन् ।
लामो समयदेखि आफूले जनतासँग सिधा कुरा नगरेको भन्दै लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन्।