© २०२३
बुटवल,२२ माघ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बसेको संसदीय समितिको बैठकले पार्टीले उम्मेदवार नउठाई माओवादीलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।