© २०२३
बर्दघाट, १७ माघ ।
नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँ ले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको निरिक्षणका क्रममा उक्त कुरा बताएका हुन् ।
उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ तेसै गरी जलश्रोतमा विश्वकै दोश्रो धनी मुलुक नेपालले पानी निर्यात गरी देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने धारणा राखेका थिए । एक घर एक धाराको अवधारणा अवलम्बन गरेको बर्दघाट खानेपानीको उद्देश्यको सरहाना गर्दै मन्त्री खाँ ले शुद्ध पिउनेपानीबाट कोही पनि बञ्चित हुन नहुने बताउँदै क्रमशः शुद्ध पिउने पानीको पहुँच देशका सबै जनतामा पु¥याउनुपर्ने बताएका थिए ।
निरीक्षणका क्रममा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बुटवलका प्रमुख सि.डि.इ. विनोद कुमार भुजेलले बर्दघाट खानेपानीले अहिले २४ सै घण्टा पिउने पानी उपलब्ध गराएको र भविष्यमा समेत निरन्तरता दिनको लागि नयाँ आयोजना सम्पन्नताको अन्तिम चरणमा पुगेको बताउँदै आगामी केही वर्ष आयोजना क्षेत्रमा पिउने पानीको समस्या नहुने बताए । उनले पानी वितरण सँगसँगै शुद्धता र सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।
बर्दघाट खानेपानी सँस्थाका अध्यक्ष धातानन्द बश्यालले सँस्थाको बारेमा जानकारी गराएका थिए । बस्यालले बर्दघाट खानेपानीले पिउने पानी वितरण सँगै सरसफाई क्षेत्रमा पनि काम गरेको जानकारी दिए । कार्यक्रममा सँस्थाका उपाध्यक्ष दिपक लम्साल, सचिव धन बहादर गुरुङ्ग लगायतले सँस्थाको बारेमा बोलेका थिए ।