© २०२३
बुटवल,१६ माघ । सरकारले पाल्पाका शुशिल ज्ञवाली सहित तीनजनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको छ ।
मन्त्रिपरिषद बैठकले ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ज्ञवाली केपी शर्मा ओली प्रधानमन्त्री हुंदा भूकम्पले ध्वस्त संरचना पुननिर्माणका लागि बनेको पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी भएर सफलतापुर्वक कार्यकाल पूरा गरेका थिए ।
यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा म्याग्दीका मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।
मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।