© २०२३
बुटवल,१६ माघ । उद्योग ब्यापार संगठन तिलोत्तमाले तिलोत्तमाको कोटिहवास्थित अविनाश अनाथ आश्रमलाई पोशाक र खाद्यान्न सहयोग गरेको छ । संगठनले आश्रममा आश्रित १८ जना बालबालिकासहित २१ जनालाई टिसर्ट,करिब २५ हजार बराबरको खाद्यान्न, ग्यास सिलिण्डर र एक दिनको खाना सहयोग गरेको हो ।
संगठनका अध्यक्षको जन्मदिनका अवसरमा अन्यत्र फजुल खर्च गर्नुको साटो अनाथ आश्रममा जन्म दिन मनाउने र सक्दो सहयोग गर्ने परिपाटी बसाल्न कार्यक्रम शुरु गरिएको संगठनका अध्यक्ष प्रेम जीएमले बताए । आश्रमका बालबालिकालाई शिक्षा र रोजगारीमा समेत भविष्यमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाएको कार्यक्रम संयोजक कमला चौधरीले बताइन् ।