© २०२३
बुटवल, १५ माघ । रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन् । नागरिकता विवाद मुद्दामा दोषी ठहरिएपछि उनी नागरिकता विहीन भएकाले सभापति पदबाट मुक्त भएका थिए । तर आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।