ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

राष्ट्रपति र गृह मन्त्रालयको विषयले एमाले र माओवादीबीच खटपट शुरु

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

बुटवल,१५ माघ । रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय र भावी राष्ट्रपतिको विषयले सत्ता गठबन्धनका मुख्य दल एमाले र माओवादीबीच खटपट शुरु भएको छ ।
एमालेले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने मत अघि सारेको छ भने माओवाी केन्द्रका नेताहरु गृह मन्त्रालय आफै राख्ने मुडमा छन् । रास्वपाका नेताहरु पनि गृह मन्त्रालय नछाड्ने अभिव्यक्ति दिइरहेका छन् । उता राष्ट्रपति आफ्नो दलले पाउने सहमति भइसकेको एमालेले बताउंदै आएको छ भने नेकपा माओवादी केन्द्र एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा उभिएका छन् ।

आइतबारको स्थायी कमिटी बैठकमा माओवादीका अधिकांश नेताले गृह मन्त्रालय आफैले राख्नुपर्ने तर्क गरेको स्रोतको भनाई छ ।
उता एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता मुद्दाको बचाउ गरेका छन् । माओवादी सथायी समिति वैठकमा राष्ट्रपति निर्वाचनमा एमालेलाई मत दिन नहुने पक्ष बलियो देखिएको छ ।
यही खटपटका बीच एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले राष्ट्रपतिको निर्वाचन सहमतिकै आधारमा हुनु पर्नेमा सबैको जोड रहेको बताए।

पछिल्ला दिनमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले समेत सहमतिका आधारमा राष्ट्रपति चयन भए राम्रो हुने बताउँदै आएका छन्। माओवादी केन्द्रले आफूले खोजेको सहमति के हो भनेर स्पष्ट पारेको छैन।

प्रधानमन्त्रीमा एमालेले प्रचण्डलाई समर्थन गर्ने बेलामै राष्ट्रपति र सभामुख सो दलले पाउने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन्। त्यो मौखिक वा लिखित के सहमति थियो थाहा छैन। सहमति लिखित रूपमै भएको भए अहिलेसम्म त्यो बाहिर आएको छैन।

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने माओवादी केन्द्रको समेत मत पाएर एमाले नेता देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।

राष्ट्रपतिमा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन गर्छ वा अरू नै विकल्पमा जान्छ भन्ने सर्वत्र चासो छ। एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुबैले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्।

फागुन तेस्रो साता हुने राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक हो। उसले राष्ट्रपति र उपराष्ट्रपतिमा एमाले वा कांग्रेस जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उही उम्मेदवारले जित्ने देखिन्छ।

राष्ट्रपति विद्यादेवि भण्डारीको कार्याकाल फागुन २९ गते सकिँदैछ। कानुन अनुसार माघ २८ गते भित्र नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने भए पनि संविधान र कानुनका प्रावधनामा देखिएको अन्योलका कारण राष्ट्रपतिको चुनाव फागुनको तेस्रो साता गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?