© २०२३
बुटवल,१४ माघ । सर्वोच्च अदालतको फैसलाको विरोधमा रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रर्दशन गरेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले नागरिकता विवाद मुद्दामा दोषी ठहर गरेपछि लामिछानेको सबै पद गएको छ । लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।
पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ । कानून अनुसार अदालतले गरेको फैसला विरुद्ध प्रदर्शन र नाराबाजी गर्नु राजनीतिमा अनैतिक र अराजकता मानिन्छ ।